काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। सोही अनुसार कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
कम्पनीका अनुसार प्रस्तावित सार्वजनिक निष्कासनबाट संकलन हुने रकम कम्पनीको पुँजी आधार मजबुत बनाउन, व्यवसाय विस्तार, उत्पादन क्षमता वृद्धि तथा कार्यशील पुँजी व्यवस्थापनमा प्रयोग गरिनेछ। यसले कम्पनीको दीर्घकालीन वृद्धि र वित्तीय स्थायित्वलाई थप बल पुर्याउने कम्पनीको अपेक्षा छ।
आईपीओ निष्कासन प्रक्रिया नियामक निकायहरूको स्वीकृति प्राप्त भएपछि अगाडि बढाइनेछ। कम्पनीको वित्तीय अवस्था, सेयर संरचना, संकलित रकमको उपयोग योजना, जोखिम विवरण तथा आवेदन प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारी प्रोस्पेक्टसमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
पुँजी बजारमा नयाँ लगानी अवसर थपिने यस आईपीओमार्फत प्रिमियर डिस्टिलरीले आफ्नो बजार उपस्थितिलाई विस्तार गर्ने लक्ष्य लिएको छ। नियामक स्वीकृति पश्चात आईपीओको मिति र अन्य विवरण औपचारिक रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्