Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान लिने, जाँचबुझ आयोगको म्याद थप गर्नेसम्म यस्ता छन् मन्त्रीपरिषद्को निर्णय

दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान लिने, जाँचबुझ आयोगको म्याद थप गर्नेसम्म यस्ता छन् मन्त्रीपरिषद्को निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको विभिन्न तीन निर्णयहरू सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णयका रूपमा अर्थ मन्त्रालय अन्तर्गतको सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।

त्यसैगरी दोस्रो निर्णय गृहमन्त्रालय अन्तर्गत रहेको जाँचबुझ आयोगसँग सम्बन्धित छ। २०८२ भदौमा गठित उक्त आयोगको कार्यम्याद २० दिन थप गर्ने निर्णय गरिएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। यसअघि निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएपछि सरकारले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit