Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

प्राधिकरणले सार्वजनिक गर्यो बीमा कम्पनीहरुको चुक्तापुँजी, कुन कम्पनीको कति पुग्यो ?

प्राधिकरणले सार्वजनिक गर्यो बीमा कम्पनीहरुको चुक्तापुँजी, कुन कम्पनीको कति पुग्यो ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको चुक्ता पुँजीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले जीवन बीमा कम्पनीको लागि ५ अर्ब, निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब, पुनर्बीमा कम्पनीको २० अर्ब र लघु बीमा कम्पनीको ७५ करोड न्यूनतम चुक्ता पुँजी निर्धारण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बीमा ऐन, २०७९ को दफा ३५ को व्यवस्था बमोजिम प्राधिकरणले बिहीबार अद्यावधिक गरेको विवरणअनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको चुँक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ मात्रै छ। प्राधिकरणले निर्धारण गरेअनुसार राष्ट्रिय जीवन बीमाबाहेक सबै कम्पनीले चुक्ता पुँजी पुर्याएका छन् ।

प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ९ अर्ब २ करोड, ८७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । हिमालयन लाइफको पनि चुँक्तापुँजी ९ अर्ब रुपैयाँ बढी छ । यस्तै, हिमालयन लाइफको चुक्तापुँजी पनि ९ अर्ब १४ करोड,३२ लाख, ३७ हजार रुपैयाँ पुगेको छ । लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५अर्ब ५० करोड, नेशनल लाइफ इन्स्योरेन्सको ५ अर्ब ४७ करोड, रिलायबल नेपाल लाइफको ५ अर्ब १९ करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ५ अर्ब ११ लाख, सूर्यज्योति लाइफ ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ ५ अर्ब १४ करोड, प्रभु महालक्ष्मी ५ अर्ब १० करोड, सन नेपाल लाइफको ५ अर्ब ३ करोड रुपैयाँ,
सिटिजन्स लाइफको ५ अर्ब र आईएमई लाइफ इन्स्योरेन्सको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ।

यसैगरी, पुर्नबीमा कम्पनीतर्फ नेपाल पुर्नबीमा कम्पनीको चुक्तापुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहँदा हिमालयन रि इन्स्योरे्न्सको १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ ।

कुन कम्पनीको कति पुग्यो चुक्ता पुँजी ?

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit