काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लिबीच सम्झौता भएको छ ।
दुई पक्षीय उक्त सम्झौताले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ‘ब्ल्याक हर्स’ ब्रान्डका विभिन्न जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्सको तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ब्ल्याक हर्सका जुत्ता खरिद गर्दा सुपथ मूल्यमा पाउनाले आर्थिक सहजता हुने बैंकले विश्वास लिएको छ।















प्रतिक्रिया दिनुहोस्