Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ जारी गर्दै, कति कित्तासम्म भर्न पाइन्छ?

प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ जारी गर्दै, कति कित्तासम्म भर्न पाइन्छ?
विज्ञापन
Advertisement

काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडलाई प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार प्रस्तावित सार्वजनिक निष्कासनबाट संकलित रकम पूँजी आधार सुदृढ गर्न, व्यवसाय विस्तार, उत्पादन क्षमता अभिवृद्धि तथा कार्यशील पूँजी व्यवस्थापनमा उपयोग गरिनेछ। यसबाट कम्पनीको दीर्घकालीन वृद्धि र वित्तीय स्थायित्व थप मजबुत हुने अपेक्षा गरिएको छ।

आईपीओ निष्कासन प्रक्रिया नियामक निकायहरूको आवश्यक स्वीकृति प्राप्त भएपछि अगाडि बढाइने कम्पनीले जनाएको छ। कम्पनीको वित्तीय अवस्था, सेयर संरचना, संकलित रकमको उपयोग योजना, सम्भावित जोखिम विवरण तथा आवेदन प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारी प्रोस्पेक्टसमार्फत सार्वजनिक गरिनेछ।

पूँजी बजारमा नयाँ लगानी अवसर थपिने विश्वाससहित प्रिमियर डिस्टिलरी लिमिटेडले यस आईपीओमार्फत आफ्नो बजार उपस्थितिलाई विस्तार गर्ने लक्ष्य लिएको छ। नियामक स्वीकृति पश्चात आईपीओको निष्कासन मिति तथा अन्य विवरण औपचारिक रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit