Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सूर्यज्योतिका ५५ जना अभिकर्ताहरु ‘एमडीआरटी २०२६’ बन्न सफल, आठ जनालाई दीर्घसेवा पदकद्वारा सम्मान

सूर्यज्योतिका ५५ जना अभिकर्ताहरु ‘एमडीआरटी २०२६’ बन्न सफल, आठ जनालाई दीर्घसेवा पदकद्वारा सम्मान
विज्ञापन
Advertisement

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२६ को सदस्य बनेका छन् । अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरेका सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ताहरुलाई एमडीआरटी २०२६ को सदस्य बनाएको हो । ५५ जना मध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबलका लागी योग्य सावित भएका छन। गौरव कुमार शाही कोटमा तेस्रो पटक र दिपक सापकोटा दोस्रो पटक छनोट भएका हुन।

विज्ञापन
Advertisement
Advertisement

प्रदेशगत रुपमा कोशी प्रदेशबाट २ जना, बागमती प्रदेशबाट २९ जना, गण्डकीबाट ५ जना, लुम्बिनीबाट १३ जना, कर्णालीबाट ३ जना र सुदूरपश्चिमबाट ३ जना गरी कूल ५५ जना एमडिआरटी २०२६ का लागि चुनिएका छन् । सो मध्ये ३ वा सोभन्दा बढी पटक एमडिआरटी हासिल गर्ने ६ जना र ५ वा सोभन्दा बढी पटक एमडिआरटी हासिल गर्नेमा २ जनालाई कम्पनीले दीर्घसेवा पदकबाट सम्मानित गरेको छ ।

सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि चयन भएका ५५ जना सबैलाई अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताहरुको भेलामा नेपालको प्रतिनिधित्व गर्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन अवसर प्राप्त गरेका अभिकर्ताहरुलाई बधाई दिँदै अभिकर्ताहरुलाई अझ मेहनत र लगन स्वरुप अघि बढ्न आग्रह गरे।

नेपालकै पहिलो ९००१–२०१५ आई,एस.ओ. प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूजी ५०१ करोड, जीवन बीमाकोष ४,३८३ करोड, लगानी ४,८४५ करोड रहेको छ । कम्पनीको नेटवर्थ ६७४ करोड रहेको छभने १ लाख ६ हजार जना अभिकर्ता रहेको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit