Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंकहरुमा लगानीयोग्य रकम ७७ खर्बमाथि, तरलताको दबाब कम गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक

बैंकहरुमा लगानीयोग्य रकम ७७ खर्बमाथि, तरलताको दबाब कम गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । हाल बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपको आकार झन्डै ७७ खर्ब रुपैयाँ पुगेको छ।  (१६ जनवरी, २०२६) सम्ममा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संकलित कूल निक्षेप ७६ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ। निक्षेप निरन्तर बढ्दै जाँदा बजारमा कर्जाको लगानी भने अपेक्षित हुन सकेको छैन। जसकारण बैंकहरुलाई तरलता व्यवस्थापनमा सकस भइरहेको छ । ७४.१८ प्रतिशत मात्र सीडी रेसियो (कर्जारनिक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग मात्रै अहिले १२ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

तर, बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम थुप्रिदै जाँदा कर्जाको माग भने बढ्न सकेको छैन्। पुँजी लगानी हुन नसक्दा यतिबेला राष्ट्र बैंक दबाबमा छ । केन्द्रीय बैंकले बैंकहरुको अधिक तरलता व्यवस्थापनमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिहेको छ।

सोहीअनुसार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार २० अर्ब रुपैयाँ निक्षेप झिक्न लागेको छ । केन्द्रीय बैंकले ६३ दिनको लागि आज बजारबाट २० अर्ब रुपैयाँ निकाल्न लागेको हो । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत बोलकबोल हुने केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ भने यसको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ चैत ११ गते दिइने बताइएको छ। बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने बैंकले जनाएको छ।आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ।

पछिल्लो समय राष्ट्र बैंकले पुषदेखि बैंकिङ प्रणालीमा रहेको तरलतालाई व्यवस्थापन गर्न लगातार जसो ऋणपत्र जारी गर्दै लामो अवधिका लागि रकम झिक्दै आएको थियो। तर, माघ पहिलो साताबाटै केन्द्रीय बैंकले ऋणपत्र निष्कासन नगरी पुनः निक्षेप सुविधामार्फत वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न थालेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit