काठमाडौं । रसुवा भन्सार कार्यालयले सीजी मोटर्स प्रा.लि.लाई राजस्व संकलनमा योगदान पुर्याएको कदर स्वरूप सम्मान गरेको छ।७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार रसुवा भन्सार कार्यालयद्वारा आयोजित विशेष कार्यक्रममा सीजी मोटर्स लाई भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा पुर्याएको योगदानके कदर स्वरूप कदर–पत्रबाट सम्मानित गरेको हो ।
व्यवस्थित व्यापार प्रवर्द्धनमा कम्पनीले गरेको योगदान र निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै रसुवा भन्सार कार्यालयले सम्मान गरेको जनाएको छ ।
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कपिल शिवाकोटीले सम्मान ग्रहण गर्दै आगामी दिनहरूमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने बताए। कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवाला निकायहरूले सहभागिता जनाएका थिए ।
सीजी मोटर्स चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको अग्रणी अटोमोबाइल कम्पनी हो, जसले नयाँ तथा दिगो मोबिलिटी सवारी साधनहरू बिक्री(वितरण गर्दै आइरहेको छ।















प्रतिक्रिया दिनुहोस्