Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद् निर्णय सुनाउँदै भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सुटि खोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।’

यसैगरी, बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit