Advertisement
Advertisement
Corporate Samachar
२८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

रेल चालक बन्न चाहने नेपालीलाई अवसर, बोर्डले माग्यो लोकोपाइलटको आवेदन

रेल चालक बन्न चाहने नेपालीलाई अवसर, बोर्डले माग्यो लोकोपाइलटको आवेदन
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा रेल सेवा सञ्चालनका लागि दक्ष नेपाली जनशक्ति तयार गर्ने उद्देश्यसहित नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) हरूको सूची तयार गर्न आवेदन आह्वान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डले सोमबार सूचना जारी गर्दै रेल सेवा सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउन योग्य, दक्ष, इमानदार तथा जिम्मेवार नेपाली रेल चालकहरू सूचीकृत गर्न लागेको जनाएको हो। बोर्डका अनुसार रेल चालकका रूपमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित आवेदन पेस गर्न सक्नेछन्। आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी भएको रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा सम्बन्धित क्षेत्रको अनुभव र तालिमसम्बन्धी प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् आगामी २०८३ मंसिर २१ गतेसम्म आवेदन पेस गर्नुपर्नेछ। आवेदन काठमाडौंको विशालनगरस्थित नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ। बोर्डको यो कदमले नेपालमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष नेपाली जनशक्तिको पहिचान र अभिलेखीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit