काठमाडौं। सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पौडेललाई प्राधिकरणको नयाँ अध्यक्षको जिम्मेवारी दिएको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
अर्को व्यवस्था नहुँदासम्म प्राधिकरणको अध्यक्षको रूपमा उनलाई जिम्मेपारी दिएको हो । गृहमन्त्री अर्यालले सरकारको निर्णय सुनाउँदै भने, ‘आजको बैंठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको नयाँ अध्यक्ष पदमा काम गर्नेगरी जिम्मेवारी तोकेको छ।’
यसअघि फर्जी शैक्षिक योग्यताका आधारमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई गत भदौमा सरकारले बर्खास्त गरेसँगै रिक्त पदमा अन्तरिम सरकारले नेपाल सरकारको तर्फबाट प्राधिकरणको बोर्डमा प्रतिनिधित्व गर्ने सहसचिवलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी तोकेको हो ।
















प्रतिक्रिया दिनुहोस्