Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

मुक्तिनाथ विकास बैंकले लागू गर्ने भयो पुमोरी नेक्स्टजेन कोर बैंकिङ प्रणाली

मुक्तिनाथ विकास बैंकले लागू गर्ने भयो पुमोरी नेक्स्टजेन कोर बैंकिङ प्रणाली
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो बैंकिङ पूर्वाधारलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले पुमोरी नेक्स्टजेन कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्ने भएको छ। यसका लागि बैंक र इन्फोडेभलपर्स प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) प्रेम थापा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रजय नेपालले हालै हस्ताक्षर गरेका हुन् । नेपालको वित्तीय क्षेत्रमा डिजिटल प्रविधिको क्षमता अभिवृद्धि तथा आधुनिक वित्तीय पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित भएको यस सहकार्यलाई बैंकिङ सेवाको डिजिटल रूपान्तरणतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

इन्फोडेभलपर्सले विकास गरेको पुमोरी नेक्स्टजेन आधुनिक वेबमा आधारित तथा पूर्ण रूपमा एपीआई एकीकृत कोर बैंकिङ प्लेटफर्म हो । यसले बैंकिङ सञ्चालनलाई थप प्रभावकारी, सुरक्षित र विस्तारयोग्य बनाउनुका साथै विभिन्न वित्तीय सेवाको व्यवस्थापनलाई सहज बनाउनेछ । यस प्रणालीको एपीआईमा आधारित संरचनामार्फत डिजिटल बैंकिङ च्यानल, तेस्रो पक्षका एप्लिकेसन, भुक्तानी गेटवे तथा अन्य इन्टरप्राइज प्रणालीसँग सहज रूपमा एकीकरण गर्न सकिनेछ । नयाँ प्रणालीको कार्यान्वयनपछि मुक्तिनाथ विकास बैंकको कोर बैंकिङ पूर्वाधार थप आधुनिक र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit