काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त कार्यक्रममा मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) मा पर्न सफल सदस्य अभिकर्ताहरूलाई कम्पनीले विशेष सम्मान प्रदान गरेको जनाएको छ ।
कार्यक्रमको पहिलो दिन कम्पनीमा निरन्तर उत्कृष्ट योगदानमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्तासँगै हएमडिआरटीमा पर्न सफल भएा अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका लागि विशेष सम्मान गरिएको छ । कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो।
दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको कम्पनीले जनाएको छ। सेल्स ट्रेनर तथा लिडरसिप कोच अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रशिक्षण प्रदान गरेका थिए । उनको सशक्त प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई अझ उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको कम्पनीको बुझाइ छ ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं सँगै को उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो। सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले कम्पनीको विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको बताइएको छ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भरी १४८ शाखा तथा उपशाखा संचालनमा रहेका छन्।

















प्रतिक्रिया दिनुहोस्