Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कताहो ठेगाना प्रणालीलाई वर्ल्ड समिट अवार्ड प्राप्त, हालसम्म ३८ हजार प्रयाेगमा

कताहो ठेगाना प्रणालीलाई वर्ल्ड समिट अवार्ड प्राप्त, हालसम्म ३८ हजार प्रयाेगमा
विज्ञापन
Advertisement

काठमाडाैँ। नेपालको डिजिटल ठेगाना प्रणाली ‘कताहो’ ले वर्ल्ड समिट अवार्ड (डब्ल्यूएसए) प्राप्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता राम लक्ष्मणको टिमले एड्रेसग्राफ नेपाल प्रा.लि.मार्फत तयार गरेको डिजिटल ठेगाना प्रणाली ‘कतायो’ ले स्मार्ट बस्ती र सहरीकरण विधामा छनोट भई पुरस्कार प्राप्त गरेको हो ।

डब्ल्यूएसएले संयुक्त राष्ट्रसंघले अघि सारेका दिगो लक्ष्य प्राप्त गर्नका लागि नवप्रवर्तनको माध्यमबाट विकास भएका उत्कृष्ट प्रविधिहरूको चयन गरी हरेक वर्ष पुरस्कार दिने गर्दछ । बिहीबार राति डब्ल्यूएसएले आधिकारिक वेबसाइटमा उक्त घोषणा गरेको हो । यस वर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहबीच भारतको हैदराबादमा हुने डब्ल्यूएसएले जनाएको छ ।

 

‘कतायो’ ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ । अफलाइनमै ठेगाना कोड खोज्न सकिने ‘कतायो’ प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्डभित्र कुनै स्थानको कोड बोलीकै माध्यमबाट शेयर गर्न सकिन्छ । यो प्रणाली प्रयोग गरी हालसम्म ३८ हजार भन्दा बढीले ठेगाना पाटी डाउनलोड गरि प्रयोगमा ल्याइसकेका छन् सकेका छन् ।

यो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्दछन् । विभिन्न स्थानीय निकायहरूले यस प्रणालीमार्फत ठेगाना प्लेटका साथै विपत् व्यवस्थापनमा सूचना दिन सकिने आपत्कालीन प्रतिक्रिया कन्सोलसमेत जडान गर्दै आइरहेका छन् । डब्ल्यूएसएका अनुसार यस ‘कतायो’ ठेगाना प्रणालीले संयुक्त राष्ट्रसंघका दिगो लक्ष्य प्राप्त गर्ने विभिन्न विधामध्ये ६ वटा लक्ष्यका लागि यस प्रणालीले योगदान गर्न सक्ने भनी उल्लेख गरेको छ ।

नेपालबाट यसअघि सन् २०२२ मा ‘नागरिक एप’ ले सरकार र नागरिक संलग्नता विधामा उक्त पुरस्कार प्राप्त गरेको थियो । डब्ल्यूएसए एक विशेष पुरस्कार प्रणाली हो जसले संयुक्त राष्ट्रसंघले अघि सारेका दिगो लक्ष्य प्राप्त गर्नका लागि नवप्रवर्तनको माध्यमबाट विकास भएका प्रविधिहरूको चयन गरी त्यसको प्रवद्र्धनका लागि काम गर्दछ ।

विश्व स्तरमा प्रभाव पर्ने गरी तयार गरिएका स्थानीय नवप्रवर्तनको चयन गरी त्यसलाई विश्वव्यापी बनाउन यो पुरस्कार प्रदान गर्ने गरिन्छ । डब्ल्यूएसएले हरेक वर्ष विश्वभरबाट विभिन्न विधामा उत्कृष्ट परियोजनाहरूलाई सम्मान गर्ने गर्दछ । विजेताहरू छनोटका लागि विश्वभरका १८२ देशका डब्ल्यूएसएका राष्ट्रिय विज्ञहरूको सिफारिसमा स्थानीय नवप्रवर्तनहरू छनोट गरिन्छ ।

यी नवप्रवर्तनहरूलाई अनलाइन जुरीमा पठाइन्छ, जसले पहिलो सूची तयार गर्दछ । पहिलो सूचीमा सूचीकृत भएका परियोजनालाई ग्राण्ड जुरीले अनलाइन अन्तर्वार्ता लिन्छन् र अन्तिम विजेताहरू चयन गर्दछ । यस वर्ष विश्वभरबाट ४० वटा परियोजनाले विभिन्न विधामा डब्ल्यूएसए अवार्ड प्राप्त गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit