काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूह तर्फको साढे २१ लाख कित्ता बढी शेयर बिक्रीमा राखेको छ ।
कम्पनीले कूल २१ लाख ७१ हजार ९३५ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको जनाएको छ ।
उक्त शेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिशेयर ४०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले न्यूनतम एक लाख कित्ता खरिदका लागि आवेदन दिनपर्ने छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्सालमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ भने लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहनेछ कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्