Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पञ्चकन्याको नयाँ कदम: गुणस्तरीय बाथवेयरको युग

पञ्चकन्याको नयाँ कदम: गुणस्तरीय बाथवेयरको युग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली निर्माण सामग्री उद्योगमा विशिष्ट पहिचान बनाएको पञ्चकन्या समूहले अब ‘बाथवेयर’ उत्पादनमा पनि पाइला चालेको छ। गुणस्तरीय उत्पादनका लागि चिनिएको पञ्चकन्या समूहले नेपाली उपभोक्तालाई लक्षित गर्दै विश्वस्तरीय प्रविधियुक्त धारा र अन्य बाथवेयर सामग्री बजारमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

गुणस्तर र प्रविधिमा कुनै सम्झौता छैन

नेपाली घर तथा व्यवसायिक संरचनाका लागि दीर्घकालीन, सौन्दर्यपूर्ण, टिकाउ र किफायती बाथवेयर आवश्यक छ भन्ने बुझेर पञ्चकन्याले बजारमा आफ्नो उपस्थिति जनाएको हो। पञ्चकन्याले आफ्ना बाथवेयर उत्पादनमा शतप्रतिशत ब्रास प्रयोग गरेको छ भने जर्मनीको उत्कृष्ट प्रविधि अपनाइएको छ।कार्यकारी निर्देशक उज्वल श्रेष्ठका अनुसार, “हाम्रा सबै कम्पोनेन्ट उच्च गुणस्तरका छन्। रेटियर, स्पेण्डल, टिप्टन, कार्टेजजस्ता महत्वपूर्ण भागहरू जर्मन प्रविधिबाट बनेका छन्, जसले दीर्घायु र मजबुत बनाउँछ।”

नेपाली नामकरण: आफ्नोपन झल्काउने प्रयास

पञ्चकन्याले उत्पादन गरेका १८ वटा फरक डिजाइनका धाराहरूलाई नेपाली नदीहरूको नाममा नामाकरण गरिएको छ। मेची, कोशी, गण्डकी, त्रिशूली, नारायणी, कर्णाली, महाकालीजस्ता नदीहरूका नाममा धाराहरूको सिरिज निकालिएको छ। बाथवेयरका सेल्स हेड वसन्त रिजाल भन्छन्, “धाराबाट पानी आउँछ, पानी नदीबाट आउँछ, त्यसैले हामीले आफ्ना उत्पादनलाई नेपाली नदीहरूको नामबाट परिचित गराउने निर्णय गर्‍यौँ।”

लक्जरी र सस्तो दुवै सम्भव

पञ्चकन्याले पाँच मुख्य पक्षलाई ध्यानमा राखेर बाथवेयर उत्पादन गरेको छस्

-लक्जरियस डिजाइन र किफायती मूल्य

-उच्चस्तरीय प्रविधिको प्रयोग

-मजबुत गुणस्तर

-पानी खेर नजाने प्रविधि

  • उत्कृष्ट बिक्रीपछिको सेवा

नेपालमा प्रायः धाराबाट १ मिनेटमा १० लिटर पानी बाहिर निस्कने गर्दछ। तर, पञ्चकन्याको प्रविधिबाट बनेका धाराबाट प्रतिमिनेट २ लिटर मात्रै पानी निस्कनेछ। यसले पानीको बचत हुने र वातावरणमैत्री प्रविधि प्रवर्द्धन हुने कम्पनीको विश्वास छ।

१० वर्षको वारेन्टी, बिल नै नचाहिने

पञ्चकन्याले आफ्ना उत्पादनमा १० वर्षसम्मको वारेन्टी दिने घोषणा गरेको छ। उपभोक्ताले धारा खरिद गर्दा प्राप्त गरेको बिल नदेखाईकनै वारेन्टी सेवा प्राप्त गर्न सक्नेछन्। कम्पनीले ‘ह्वाट्सएप’ सेवा मार्फत ग्राहकको गुनासो २४ घण्टाभित्र समाधान गर्ने योजना बनाएको छ।

 

नयाँ युगको सुरुवात

सरस्वती पूजाको दिन औपचारिक रूपमा सार्वजनिक गरिएको ‘पञ्चकन्या बाथवेयर’ अहिले देशभर वितरणका लागि तयार पारिँदैछ। पञ्चकन्या समूहले नेपाली ग्राहकलाई बजेटअनुसारको टिकाउ, सौन्दर्ययुक्त र विश्वस्तरीय प्रविधियुक्त बाथवेयर उपलब्ध गराउने विश्वास दिलाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit