images images images
images images images
images
images
images

म्याग्दीको गुर्जा र घोडेपानीमा बाक्लो हिमपात (हेर्नुहोस् तस्बिरहरु)

images

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ । हिमपातका कारण जनजिवन प्रभावित भएको छ। धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी सँगै हिमपात भएपछि करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए ।

समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तुु, भेडाबाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर राखेका छन् । पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ। घोडेपानीका होटल व्यवसायी मिना पुनले हिमपात सुुरुभएपछि चहलपहल घटेको बताइन् । घोडेपानी र पुनहिल घुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।

images
images

यो वर्षको दोस्रो हिमपात भएको हो। म्याग्दी जिल्लाभर वर्षा भएको छ । वर्षाका कारण हिउँदेबालीमा फाइदा पुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए । सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उनले बताए । गहुँ, जौ, केराउ, सुन्तलाजात फलफुलका लागि वर्षाले उत्पादन बढाउन सहयोग गर्छ । यसैबीच मुगुमा पनि बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातसँगै हिमाली बस्तीहरू सेताम्मे देखिएका छन्। हिमाली बस्ती र घरहरूमा जमेको हिउँले दृश्यलाई श्वेत चादरले ढाकेको छ।
हेर्नुहोस् तस्बिरहरु :

 

 

images
images

प्रतिक्रिया दिनुहोस्