Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

संङ्कटमा हार मानेनाैं, बाेता म:म: र दाउरा थकालीलाई फेरि उठायाैँं

संङ्कटमा हार मानेनाैं, बाेता म:म:  र दाउरा थकालीलाई फेरि उठायाैँं
विज्ञापन
Advertisement

 काठमाडाैं । निवेन अमात्य वोता ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्। उनले आधुनिक, स्वच्छ र व्यवस्थित भोजन संस्कृतिलाई नेपाली खाद्य तथा पेय उद्योगमा लोकप्रिय बनाउने महत्वपूर्ण भूमिका खेलेका छन्। उनले स्थापना गरेको वोता मो.मो विभिन्न प्रकारका मोमोका कारण देशकै अग्रणी फास्ट–फुड चेनका रूपमा स्थापित छ भने दाउरा थकाली मार्फत परम्परागत थकाली खानालाई आरामदायी र गुणस्तरीय वातावरणमा प्रस्तुत गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय व्यापारमा लन्डनस्थित अमेरिकन इन्टर कन्टिनेन्टल युनिभर्सिट बाट स्नातक तथा युनिभर्सिट कोलोराडो बाट लिबरल आट्र्समा बीबीए गरेका अमात्यले परम्परागत नेवारी स्वाद र आधुनिक व्यवसायिक रणनीतिलाई संयोजन गर्दै बोता ब्रान्ड निर्माण गरे। गुणस्तरीय खाना, स्वच्छ वातावरण, ब्रान्डिङ र ग्राहक अनुभवमा केन्द्रित उनको दृष्टिकोणले साधारण नेपाली खानालाई आधुनिक र संरचित रेस्टुरेन्ट चेनमा रूपान्तरण गर्न सफल भएको छ। आज उनी नेपाली आतिथ्य उद्योगका प्रभावशाली उद्यमीमध्ये एक मानिन्छन् । कर्पोरेट यात्राका लागि भोजराज भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

‘बोता मःमः’ को सुरुवात कसरी भयो? यसको पृष्ठभूमि र आजसम्मको यात्राबारे अलिकति बताइदिनुहोस् ?

‘बोता मःमः’ को यात्रा करिब १०–१२ वर्षअघि हस्पिटालिटी सेक्टरबाट सुरु भएको हो। विदेशमा पढ्दा र काम गर्दा मैले धेरै देश घुम्ने मौका पाएँ। त्यहाँका फास्ट–फुड चेन, मल्टिनेशनल कम्पनीहरू र उनीहरूको सिस्टमेटिक अपरेटिङ मोडल देखेर म निकै प्रेरित भएँ।

त्यही बेला मैले आफूलाई एउटा प्रश्न सोधेँ- ‘नेपालमै केही गर्न सकिँदैन र ?’ देशको माया र दीर्घकालीन सोचका कारण म बाहिर सिकेको ज्ञान लिएर नेपाल फर्किएँ। नेपालमा सबैभन्दा लोकप्रिय र परम्परागत खानामध्ये एक मःमः हो। मःमः, दाल–भात–तरकारी हाम्रो पहिचान नै हो। तर मैले सोचेँ-यसलाई कसरी फास्ट–फुड र फास्ट–मुभिङ मोडलमा, अझै स्वच्छ (हाइजेनिक) र व्यवस्थित तरिकाले प्रस्तुत गर्न सकिन्छ ? त्यही सोचबाट ‘बोता मःमः’ को जन्म भयो।

हामीले मःमःका विभिन्न भेराइटी, फरक–फरक अचार र स्वच्छ सर्भिसमा विशेष ध्यान दियौं। साथै, बोतामा प्रयोग हुने बायोडिग्रेडेबल सामग्री नवलपरासीबाट ल्याएर प्रयोग ग¥यौं, जसले स्थानीय अर्थतन्त्र र वातावरण दुवैमा योगदान पुग्यो।

ग्राहकको माया, टिमवर्क र सिस्टमेटिक अपरेशनकै कारण ‘बोता’ छोटो समयमै लोकप्रिय बन्यो। विस्तारै हामीले २० भन्दा बढी आउटलेट खोल्यौं र त्यसको सहायक ब्रान्डका रूपमा ‘मोमो गुरु’ पनि सुरु ग¥यौं।

तपाईंले सुरुवातमा बोता मःमलाई ब्राण्डिङ गर्नमा कस्ता खालका चुनौति भोग्नुप¥यो?
अवश्य आए। जीवन जस्तै व्यवसाय पनि अप–डाउनको खेल हो। जति तपाईं अगाडि बढ्नुहुन्छ, उति नै आलोचना, हल्ला र नकारात्मकता पनि आउँछ। मैले बुझेको एउटा कुरा के हो भने–जब तपाईंबारे धेरै कुरा हुन थाल्छ, त्यो तपाईं बजारमा स्थापित हुँदै हुनुहुन्छ भन्ने संकेत पनि हो। हाम्रो ध्यान सधैं एउटै कुरामा रह्यो– ग्राहकलाई कसरी उत्कृष्ट सेवा दिन सकिन्छ ? हामी भीडको पछि लागेनौं, आफ्नो सिस्टम, गुणस्तर र सर्भिसमा केन्द्रित भयौं।

कोभिड–१९ ले ‘बोता’ लाई कत्तिको असर गर्याे ?

कोभिड हाम्रो यात्राको सबैभन्दा कठिन चरण थियो। त्यो समय सबै व्यवसाय बन्द भइरहेका थिए, तर धेरैले नबुझेको कुरा के हो भने त्यही बेला ‘बोता’ चितवन, विराटनगर, बुटवलजस्ता सहरमा विस्तार भइरहेको थियो। हामीसँग काठमाडौंका मुख्य सिटी सेन्टरहरूमा २० भन्दा बढी आउटलेट थिए। कतिपय ठाउँमा महिनाको ५ लाख रुपैयाँभन्दा बढी भाडा तिर्नुपथ्र्यो।

लकडाउनमा बिक्री लगभग शून्य भयो- जहाँ दैनिक २–३ लाखको कारोबार हुन्थ्यो, त्यहाँ ३० हजार कमाउन पनि मुस्किल भयो। पहिलो लकडाउनमा केही हदसम्म बुझाइ थियो, तर दोस्रो लकडाउनपछि अवस्था झन् गाह्रो बन्यो। भाडा तिर्नैपर्ने, व्यवसाय चलाउन नसकिने- यस्तो अवस्थामा मैले केही आउटलेट बन्द गर्ने कठिन निर्णय लिनुप¥यो।

त्यो समयमा तपाईंको सबैभन्दा ठूलो सिकाइ के रह्यो ?
सबैभन्दा ठूलो गल्ती भनेको प्यान्डेमिकको असर छोटो समयमै सकिन्छ भन्ने अनुमान गर्नु रहेछ। यस्ता संकटको प्रभाव ४–५ वर्षसम्म रहन सक्छ भन्ने कुरा पछि बुझियो। तर एउटा कुरा स्पष्ट भयो—प्यासन नभएको भए म यहाँसम्म आइपुग्दिनथें । व्यवसायमा टिक्न धैर्य, इमानदारी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक रहेछ।

आज ‘बोता मःमः’ लाई कहाँ देख्नुहुन्छ ?

आज ‘बोता’ अझै बजारमा छ, अझै विस्तारको योजनामा छ। कोभिडपछि धेरै अफवाह फैलाइयो- ‘बोता सबै बन्द भयो’ भनेर। तर वास्तविकता त्यो होइन।

हामीले कठिन समय पार   गर्याे , सिक्यौं, र फेरि मजबुत भएर अघि बढ्दैछौं। अन्ततः ‘बोता’ को सफलता कुनै एक व्यक्तिको होइन,ग्राहकको विश्वास, टिमको मेहनत र नेपालमै केही गर्नुपर्छ भन्ने सोचको परिणाम हो।
त्यो गलत सूचनाले बोतालाई कत्तिको असर  गर्याे ?
असर त  पर्याे नै। कोभिडपछि करिब २–३ वर्षसम्म देशको अर्थतन्त्र नै अस्थिर रह्यो।
त्यसैबेला बजार बल्ल उठ्न खोज्दै गर्दा यस्ता नकारात्मक हल्लाले ब्रान्डमा मनोवैज्ञानिक असर गर्छ । त्यसपछि हामीले निर्णय ग¥यौं, अब भावनामा होइन, रणनीतिमा चल्नुपर्छ । त्यस अनुसार हामीले फर्निचरहरु लगायत अन्य उपकरणहरु रि–वर्क गर्ने समय लियौं ।

कोभिड कालपछिको कठिन समयबाट तपाईंले के मुख्य सिकाइ लिनुभयो ?

हामीले पहिल्यैदेखि एउटा कुरामा विश्वास राख्दै आएका छौं, हरेक व्यवसायमा लगाब अनिवार्य हुनुपर्छ। बैंकसँग सम्बन्ध, ब्याकअप फन्ड, सिस्टम र प्रोफेसनल अप्रोच- यी नै हाम्रो सफलताको मन्त्र हुन्।एउटा उखान छ नि –‘लाख कमाउन हजार गुमाउनुपर्छ, करोड कमाउन लाख गुमाउनुपर्छ, अर्ब कमाउन करोड गुमाउनुपर्छ।’ यवसाय भनेको अप–डाउनको यात्रा हो। जो व्यक्ति वा संस्था त्यो ब्यालेन्स गर्न सक्छ, ऊ नै टिक्छ।

बोताबाटै तपाईँले सफलता हासिल गरिराख्नु भएको थियो त्यसपछि तपाईंले ‘नेपाली दाल–भात–तरकारी’ कन्सेप्ट किन ल्याउनुभयो ?

यो हाम्रो लागि अर्को व्यवसायिक सफलता र रणनीतिक कदम हो । म सधैं भन्छु- चाहे थकाली होस्, थाली होस्, वा साधारण नेपाली खाना अन्ततः सबैको जरा दाल–भात–तरकारी नै हो। तर बजारमा दाल–भातलाई अझै पनि ‘स्लो फूड’ जस्तोगरि हेरिन्छ। मैले सोचेँ-दाल–भात पनि मोमो जत्तिकै फास्ट–फुड हुन सक्छ नि! आउने, खाने, जाने  ।

थकाली खोल्न थकाली नै हुनुपर्छ भन्ने भ्रम पनि छ। व्यवसायिक रूपमा हेर्दा, सही सेफ, सही टिम र सही सिस्टम भए जुनसुकै क्युजिन सम्भव छ। त्यसैले हामीले अनुभवी थकाली सेफहरू ल्यायौं, गुणस्तरमा सम्झौता नगर्ने निर्णय गर्यैं  ।

हस्पिटालिटी सेक्टरमा आउन चाहने नयाँ उद्यमीलाई तपाईंको सल्लाह के हुन्छ ?
म के भन्न चाहान्छु भने । सुरुवातमा कुनै पनि कुरा लगानी छ भन्दैमा हतारमा गर्नु हुँदैन । तपाईँ कतै रेष्टुरेन्ट खोल्दै हुनुहुन्छ भने त्यसको मार्केटिङदेखि एकाउन्टेसम्म आफैंले हेर्न सक्नुपर्छ।यस्तो अनुभवले तपाईंलाई ब्यवसायमा परिपक्क बनाउँछ । तर जब तपाईं विस्तारै बढ्नुहुन्छ, तपाईंभन्दा बढी जान्ने मान्छेहरूलाई टिममा ल्याउनुपर्छ। जसले व्यवसायलाई गति दिन्छ।

दाउरा थकाली तपाईंको अर्को एउटा ब्राण्ड हो, यसलाई के के जोड्नु भएको छ ?
हाम्रो प्राथमिकता हो। नेपाली खाना र बार । दाल–भात–तरकारी, थकाली थाली हो । नेवारीमा खाना (चोइला, हाकु चोइला, बारा, चटामरी, फोक्सो) साथै सीमित मात्रामा कन्टिनेन्टल, ओरिटेन्टल, इन्डन रहेको छ । हामी खाना, संस्कृति, संगीत र सेवा यी तीनवटैलाई एउटै प्लेटफर्ममा ल्याउँदैछौं । साथै, सांस्कृतिक प्रस्तुति (लाखे नाच, नेवारी संस्कृति) नेपाली पोशाक, कला र इतिहासको जानकारी हाम्रो प्राथमिकता रहेको छ । हाम्रो उद्देश्य के हो भने- यो ठाउँ खाना खाने मात्र होइन,संस्कृतिको प्रवर्धन हो। आजका जेन जी पुस्ताले धेरैले लाखे नाचसमेत नदेखेको हुन सक्छ। त्यसैले यो मनोरञ्जनसँगै संस्कृति चिनाउने माध्यम पनि हो। यसले देशी तथा विदेशी पर्यटकलाई समेत लक्षित गर्छ । त्यसलागि हाम्रो जोड डोमेस्टिक टुरिस्ट, लोकल ग्राहक र अन्तर्राष्ट्रिय पर्यटकलाई विशेष ध्यानमा राखेर कन्सेप्ट बनाइएको छौं ।

‘दाउरा थकाली’ भन्ने नाम सुन्दा धेरैलाई दाउरामै पकाइन्छ कि भन्ने जिज्ञासा हुन्छ। वास्तवमा यो कन्सेप्ट के हो?

दाउरा थकालीको नाम र लोगो दाउरा बाटै प्रभावित भएको हो । पहिला गाउँघरमा दाउरा बालेर चुलोमा खाना पकाउने चलन थियो, हाम्रो जरा त्यहींबाट सुरु हुन्छ भन्ने सन्देश दिन हामीले ‘दौरा’ प्रयोग गरेका हौं। तर,यसको अर्थ आजको दिनमा दाउरामै खाना पकाइन्छ भन्ने होइन। हामी वातावरणलाई हानी पु¥याउने कुनै पनि अभ्यास गर्दैनौं। दाउरा बाल्दा धुवाँ निस्कन्छ, प्रदूषण हुन्छ, र त्यो व्यावसायिक तथा वातावरणीय हिसाबले सम्भव पनि छैन। दाउरा  हाम्रो थिम हाे आइडेन्टिटी र रिमाइन्डर हो । ‘हामी कहाँबाट सुरु भएका हौं’ भन्ने कुरा सम्झाउने एउटा  माध्यम मात्र हाे।

नेपाली गाउँघरको थिम दिनु र आधुनिक भाइब दिनु यो दुईटै किन आवश्यक ठान्नुभयो?
हाम्रो उद्देश्य नेपालीपन जोगाउँदै आधुनिकता स्वीकार गर्नु हो। हामीले थिममा गाउँघरको आत्मा दिएका छौं, तर साथसाथै आजको समयअनुसार सफा, आधुनिक र विदेशी ग्राहकले पनि सहज महसुस गर्ने वातावरण बनाएका छौं। सन्देश के हो भने- संस्कृति जोगाउनुपर्छ, तर वातावरणलाई हानी  पुर्याएर र होइन।

केही रिभ्युमा ‘दौरामा पकाएको जस्तो टेस्ट आएन’ भन्ने टिप्पणी पनि देखिन्छ। यसलाई कसरी लिनुहुन्छ?

टेस्ट भनेको अत्यन्तै सब्जेक्टिभ कुरा हो। एउटै दाल–भात पनि कसैलाई बाक्लो मन पर्छ, कसैलाई पातलो, कसैलाई नुन कम, कसैलाई बढी। रिभ्यु महत्वपूर्ण हुन्छन्, विशेषगरी नेगेटिभ रिभ्यु-किनकि त्यसले सुधार गर्ने मौका दिन्छ। तर सबैलाई खुसी पार्न सम्भव छैन। सलमान खानलाई पनि सबैले मन पराउँदैनन्। हाम्रो सफलता भनेको मेवयचष्तथ ग्राहक सन्तुष्ट हुनु हो, र त्यो आजको दिनमा हामीले हासिल गरेका छौं।

तपाईं सर्भिस सेक्टरलाई किन यति संवेदनशील भन्नुहुन्छ?
हस्पिटालिटी सेक्टर संसारकै सबैभन्दा गाह्रो व्यवसायमध्ये एक हो। यहाँ खाना मात्र होइन । सर्भिस,हाइजिन,स्माइल,सिस्टम,टिमवर्क सबै कुरा उत्तिकै महत्वपूर्ण हुन्छन्। खाना मैले पकाउने होइन, मेरो टिमले पकाउँछ। त्यसैले म हरेक दिन टिमलाई बेस्ट सर्भिस र बेस्ट क्वालिटी दिन प्रेरित गर्छु।

विदेशबाट फर्केर नेपालमै व्यवसाय सुरु गर्दा सबैभन्दा ठूलो चुनौती के रह्यो?
सबैभन्दा ठूलो चुनौती भनेको क्रेडिबिलिटी बनाउनु हो। नेपालमा प्रोजेक्ट फाइनान्सिङको सिस्टम कमजोर छ। बैंक र फाइनान्स संस्थाले आइडिया भन्दा पनि सेक्युरिटी हेर्छन्। मैले पनि धेरै बैंक धाएँ, धेरै अस्वीकृति भोगे। एकैपटकमा सफलता हासिल गर्न सकिदैंन । मैले सुरुमा २०० स्क्वायर फिटको सानो क्याफेबाट यात्रा सुरु गरेको हुँ।

तपाइँले सुरुवात गर्दाको आम्दानी र संघर्षबारे केही बताइदिनुहोस्?
सुरुमा महिनाको ५–६ हजार नाफा आउँदा पनि खुसी लाग्थ्यो। पहिलो पटक ५० हजार कमाउँदा त असाध्यै ठूलो उपलब्धि जस्तो लाग्यो। त्यसपछि विस्तारै हजार, लाख, अनि करोडसम्म पुगियो। यसले के सिकायो भने- बिजनेसमा समय र धैर्य अत्यन्तै आवश्यक हुन्छ भन्ने कुरा मलाई सिकाएको छ । म जस्तो सुकै अप्ठेरोमा पनि आत्तिन, सुखमा मात्तिएको पनि छैन। व्यवसायलाई संयमित बनाएर लैजानुपर्छ भन्ने मलाई व्यक्तिगत रुपमा लाग्छ।

आजका युवालाई तपाईं के सन्देश दिन चाहनुहुन्छ?

अवसर यही देशमै छ। हाम्रो बजार अझै स्याचुरेटेड छैन। विदेश गएर सिक्नुस्, तर त्यो ज्ञान नेपाल ल्याएर प्रयोग गर्नुस्। स्टार्ट गर्न डराउन हुँदैन। प्रतिस्पर्धा आएपछि बजार पनि बढ्छ। बिजनेस भनेको देशको इकोनोमी चलाउने मुख्य इन्जिन हो। आजको दिनमा लगानी भन्दा पनि ठुलो तपाइँलेदिन सक्ने विश्वास हो। तपाइँले विश्वास दिलाउन सक्नु भयो भने तपाइँका लागि लगानी पनि जुट्छ अनि व्यवसाय पनि अघि बढ्छ।

नेपालमा फाइनान्सिङको अवस्था कस्तो देख्नुहुन्छ ?

नेपालमा विदेशजस्तो फाइनान्सिङ सुविधा अझै छैन। आइडिया धेरै छन्, युवाहरूमा क्षमता छ, तर समस्या फाइनान्सिङको हो। यदि पर्याप्त फाइनान्सिङ हुन्थ्यो भने धेरै उद्यमी इमर्ज हुन्थे। बैंकसँग कनेक्टेड त छौं, तर रिस्क लिन सक्ने, आइडियालाई विश्वास गर्ने सिस्टम कमजोर छ।

आइडिया त जसले पनि दिन सक्छ। महत्वपूर्ण कुरा भनेको इम्प्लिमेन्टेसन हो। बैंक वा इन्भेस्टरको अगाडि आफ्नो आइडिया कसरी बेच्ने भन्ने जान्नुपर्छ। बैंकर पनि इन्भेस्टर नै हो। आइडिया खतरनाक लागे पनि त्यसलाई कसरी प्रेजेन्ट गर्ने भन्ने नै मुख्य कुरा हो। ठूला बिजनेस हाउसलाई मात्र होइन, मिड–साइज बिजनेसलाई पनि महत्व दिनुपर्छ। बैंकले इंट्रेस्ट रेट घटाएर, अलि रिस्क लिएर अगाडि बढ्नुपर्छ। सबै मान्छे बेइमान हुँदैनन्। रेस त लिनैपर्छ।

विदेशको बैंकिङ सिस्टमसँग तुलना गर्दा के फरक देख्नुहुन्छ ?
अमेरिकामा पढ्न गएको विद्यार्थीलाई पनि बैंकले १२००–१५०० डलरसम्म क्रेडिट दिन्छ। बैंकले मान्छेलाई चिन्छ, रिस्क लिन्छ। नेपालमा चाहिँ इभ्यालुएसन टिम अझै बलियो बनाउनुपर्छ। रिस्क लिने संस्कार विकास गर्नुपर्छ।

बैंकसँगको सम्बन्धमा ट्रस्ट कति महत्वपूर्ण हुन्छ ?
ट्रस्ट सबैभन्दा ठूलो कुरा हो। बैंकले सही टिम, सही मान्छे र प्रोजेक्ट सक्सेस देख्न सक्ने क्षमतामा विश्वास गर्छ। त्यो विश्वास मैले रिजल्ट दिएर जितेको हुँ। एक्सन ओरिएन्टेड हुनुपर्छ।
उद्यमीले आफूलाई कसरी तयार गर्नुपर्छ ?
एक्सन शब्दभन्दा ठूलो हुन्छ। तर बोल्न पनि जान्नुपर्छ। आफूलाई ग्रुम गर्नुपर्छ-लुगा लगाउने, बोल्ने, आइडिया बेच्ने। सबैभन्दा ठूलो कुरा इमान्दारी हो।

छोटो समयमा यति ठूलो लगानी कसरी जुटाउनुभयो ?
दौरा खोल्न न्यूनतम ३–५ करोड चाहिन्छ। त्यो सबै मैले क्रेडिबिलिटीबाट पाएँ। सानो आउटलेटबाट मोमो बेचेर पनि दिनको लाखौं सेल्स गर्न सकिन्छ। ब्रान्ड बनाउने हो भने पैसा आफैं आउँछ। उद्यम गर्न प्यासन आवश्यक छ, तर पर्याप्त छैन। बजार बुझ्नुपर्छ। नेपालमा ल्याम्बोर्गिनी वा फेरारी बेच्ने कुरा गर्दा मार्केटले अफोर्ड गर्न सक्छ कि सक्दैन भन्ने पनि सोच्नुपर्छ।

नेपालमा तपाईले इन्स्पिरेशन कसबाट लिनुहुन्छ, उहाँहरुबाट के सिक्नुहुन्छ? 
नेपालमा पनि भाटभटेनी, चौधरी ग्रुप जस्ता उदाहरण छन्। म उनीहरूभन्दा ३० वर्ष पछाडि छु, तर हिम्मत गरेको छु। होपलाई एक्शनमा बदल्नु नै मेरो लक्ष्य हो। धैर्यता । सिक्छु१९–२० वर्षमै लाखौं कमाउनुपर्छ भन्ने सोच ठीक होइन। पहिले सिक्नुस्, अनुभव लिनुस्।

नेपालमा कुन क्षेत्र सम्भावनायुक्त देख्नुहुन्छ ?
मेडिकल, टेक्नोलोजी, हस्पिटालिटी, टुरिजम-नेपालमा बजार अझै खाली छ। विदेशमा तुरुन्त कमाइ होला, तर नेपालमा नयाँ चिज ल्यायो भने दीर्घकालीन अवसर छ।
अन्तिम सन्देश के दिन चाहनुहुन्छ ?
बाहिर पढ्नुस्, घुम्नुस्, सिक्नुस र नेपाल फर्केर केही गर्नुस्। बजार छ, अवसर छ। नेपालमा व्यवसाय गर्नुस्।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit