Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

चितवन अटो–शोमा एक अर्बभन्दा बढी कारोबार

चितवन अटो–शोमा एक अर्बभन्दा बढी कारोबार
विज्ञापन
Advertisement

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । चितवन अटो मोबाइल डिलर्स एसोसिएसन र चितवन अटो मोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि सोमबार समापन गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। मेलामा कुल ३२१ सवारी साधन बुकिङ तथा बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन्।

पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा १२ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको थियो। करिब ३० कम्पनीका ७० भन्दा बढी स्टलमार्फत कार, जिप, मोटरसाइकल, स्कुटरलगायत विभिन्न सवारी साधन प्रदर्शनमा राखिएका थिए। माइक्रो बस र भ्यानका लागि छुट्टै स्टलको व्यवस्था गरिएको थियो भने प्रदर्शनी हल बाहिर थप टेन्टमार्फत पनि स्टल विस्तार गरिएको थियो।

अटो–शो अवधिभर ग्राहकहरूलाई अन-द-स्पट फाइनान्स तथा बिमा सेवा उपलब्ध गराइएको थियो। विभिन्न कम्पनीहरूले सवारी खरिदकर्ताका लागि विशेष छुट तथा आकर्षक योजनाहरूसमेत सार्वजनिक गरेका थिए।

त्यस्तै, मेलामा सवारी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई विशेष उपहार प्रदान गरिएको आयोजकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit