Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

क्यानको महानिर्देशक बन्न २१ जनाको रुचि

क्यानको महानिर्देशक बन्न २१ जनाको रुचि
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै आवेदन दिने उम्मेदवारहरूको संख्या सार्वजनिक गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणको इतिहासमै पहिलो पटक महानिर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट प्रक्रिया अघि बढाइएको हो। यसअघि मन्त्रिपरिषद्ले सोझै नियुक्ति गर्ने परम्परा रहेकोमा, वर्तमान सरकारले योग्यता र क्षमताका आधारमा नेतृत्व चयन गर्ने भन्दै खुला आवेदन आह्वान गरेको थियो ।

मन्त्रालयले गत वैशाख १२ गते विज्ञापन प्रकाशित गरी योग्य उम्मेदवारहरूबाट आवेदन मागेको थियो। उक्त आवेदन खलेसँगै २१ जनाले महानिर्देशकका लागि रुचि देखाएका हुन् । प्राधिकरण विगत ५ महिनादेखि स्थायी महानिर्देशक विहीन रहेको थियो ।

क–कसले दिए आवेदन ?

महानिर्देशक पदसँगै मन्त्रालयले नेपाल वायुसेवा निगमको ५ जना सञ्चालक समिति सदस्यका लागि पनि आवेदन मागेको थियो। जसमा २७ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ। ‘प्राधिकरणको नेतृत्व चयन प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउन यो कदम चालिएको हो। अब प्राप्त कार्ययोजनाहरूको मूल्यांकन गरी उत्कृष्ट उम्मेदवारलाई जिम्मेवारी दिइनेछ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय क्यानलाई नियामक र सेवा प्रदायका निकायका रूपमा छुट्ट्याउनुपर्ने दबाब अन्तर्राष्ट्रिय स्तरबाट आइरहेका बेला नयाँ नेतृत्वले प्राधिकरण सुधारमा खेल्ने भूमिका महत्वपूर्ण हुने देखिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit