Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, २८.७० लाख कित्ता सर्वसाधारणका लागि जारी

कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, २८.७० लाख कित्ता सर्वसाधारणका लागि जारी
विज्ञापन
Advertisement

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गतेसम्म खुला रहनेछ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ। अब सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

१५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाबाट कम्पनीले २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणाली वा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit