Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

सामसङ नेपालद्वारा होली अफर घोषणा : वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज सुविधा

सामसङ नेपालद्वारा होली अफर घोषणा : वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज सुविधा
विज्ञापन
Advertisement

 काठमाडाैं। सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा आकर्षक छुट, क्यासब्याक तथा एक्सचेन्ज सुविधासहितको विशेष अफर घोषणा गरेको छ। कम्पनीका अनुसार यो होली अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमा लागू हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

अफरअन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न मोडेलका वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक क्यासब्याक तथा सहज फाइनान्स सुविधाको लाभ लिन सक्नेछन्। ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड तथा सेमी-अटोमेटिक र फुली-अटोमेटिक टप लोड वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ। त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड–बाई–साइड रेफ्रिजरेटरहरूमा ११ प्रतिशतदेखि १७ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिएको सामसङ नेपालले जनाएको छ।

सामसङका वासिङ मेसिनहरूमा डिजिटल इन्भर्टर टेक्नोलोजी (DIT) मोटरमा २० वर्षको वारेन्टी प्रदान गरिएको छ भने ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा सुविधा उपलब्ध छ। त्यस्तै, रेफ्रिजरेटरहरूमा ३०० भोल्टसम्मको भोल्टेज उतारचढावबाट सुरक्षा दिइएको छ, जसले दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको दाबी छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा पनि उपलब्ध गराइएको छ।

यस होली अफरअन्तर्गत हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो EMI विकल्पसहित सामसङका होम अप्लायन्सहरू खरिद गर्न सक्नेछन्। यस सेवाका लागि प्रक्रिया झन्झटरहित रहेको र नागरिकता मात्र आवश्यक पर्ने बताइएको छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर तथा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट आफ्ना पुराना उपकरणहरू साटेर नयाँ उत्पादन खरिद गर्न सक्ने सुविधा पनि उपलब्ध छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit