Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

प्रशासनले त्रिभुवन विमानस्थल आसपास कहाँसम्म लगायो निषेधाज्ञा ?

प्रशासनले त्रिभुवन विमानस्थल आसपास कहाँसम्म लगायो निषेधाज्ञा  ?
विज्ञापन
Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपसास क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा लगाइएको छ। बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास एक महिनासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको जनाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रजिअ पौडेलले विमानस्थल आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि सोही विषयमा ध्यानाकर्षण जनाउँदै प्रशासनले निषेधाज्ञा लगाएको बताएका छन् ।

विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रजिअ पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ती क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ को क) बमोजिम मिति २९ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्म एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

राप्रपाका नेताहरू र दुर्गा प्रसाईं लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन विमानस्थलमा र्याली निकालेर शुक्रबार स्वागत गर्ने भन्दै विज्ञप्ति र सामाजिक सञ्जालमा सूचना जारी गरेका थिए । त्यसबारे काठमाडौं प्रशासनमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम पनि नभएको उनले बताएका छन्।

सोही विषयमा ध्यानाकर्षण जनाउँदै प्रजिअ पौडेलले सरकारका सम्बद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील स्थान र सो आसपासको क्षेत्रमा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको जनाएका हुन्।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit