Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

होटल फरेष्ट इन लिमिटेडको शेयर रजिष्ट्रारमा एन आई सी एशिया क्यापिटल नियुक्त

होटल फरेष्ट इन लिमिटेडको शेयर रजिष्ट्रारमा एन आई सी एशिया क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । होटल फरेष्ट इन लिमिटेड होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ, काठमाडौं ले आफ्नो शेयर रजिष्ट्रारमा एन आई सी एशिया क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ। यस सम्बन्धमा दुवै पक्षबीच शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताअनुसार अब होटल फरेष्ट इन लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरसम्बन्धी सम्पूर्ण शेयर रजिष्ट्रार सेवा एन आई सी एशिया क्यापिटलमार्फत सञ्चालन हुनेछ।

शेयर रजिष्ट्रार सेवाअन्तर्गत क्यापिटलले कम्पनीका शेयरहरू सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा सूचिकरण गराउने, सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएका शेयरहरूको अभिलेख राख्ने, दाखिला–खारेज गर्ने तथा शेयरधनी लगत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्नेछ।

उक्त सेवा २०८२ साल फागुन १० गते आइतबारदेखि एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौंमार्फत सञ्चालन हुने जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit