Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

प्रतिनिधिसभा सदस्य निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

प्रतिनिधिसभा सदस्य निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
विज्ञापन
Advertisement

काठमाडौं। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ । दुवै जिल्लाका निर्वाचन कार्यालयमा राख्ने ठाउँ नभएकाले केन्द्रीय कार्यालयमै राखिएको थियो ।

चितवनमा भने भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मतपेटिका जलाइएकाले आयोगको केन्द्रीय कार्यालयबाट दुई हजार ५०० थान मतपेटिका पठाइएको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिए।

भक्तपुरमा जिल्ला निर्वाचन कार्यालयले मतपेटिका राखेकाले त्यसैबाट मतदान केन्द्रसम्म पठाउने व्यवस्था गरिएको छ । अन्य ७४ जिल्लामा पनि २०७९ सालमै पठाइएको मतपेटिकाको मौज्दातबाट पठाइने गरी व्यवस्था गरिएको उनले बताए।

यसपटकको निर्वाचनका लागि ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit