images images images
images images images
images
images
images

फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी

images

काठमाडौं  । फाेटाेन माेर्टर ले लगातार १५ वर्षसम्म चीनको कमर्शियल भेहिकल निर्यातमा अग्रस्थान कायम राख्दै आफ्नो विश्वव्यापी नेतृत्व पुनः प्रमाणित गरेको छ। ‘ड्राइभ टु ग्रेट’ ग्लोबल थिमसहित कम्पनीले सन् २०२५ लाई उल्लेखनीय उपलब्धिसहित समापन गरेको जनाएको छ।

कम्पनीका अनुसार सन् २०२५ मा फोटोनले विश्वव्यापी रूपमा ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गर्दै चीनको कमर्शियल सवारी उद्योगमा शीर्ष स्थान सुरक्षित गरेको छ।

images
images

लाइट कमर्शियल भेहिकलदेखि हेभी–ड्युटी ट्रक तथा न्यू इनर्जी सोलुसन्ससम्म फैलिएको उत्पादन पोर्टफोलियोले कम्पनीलाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा बलियो उपस्थिति कायम राख्न सहयोग गरेको बताइएको छ।

अन्तर्राष्ट्रिय बजार सन् २०२५ मा कम्पनीको मुख्य वृद्धि चालक बनेको छ। फोटोनले विदेशमा मात्र १,६४,५०० भन्दा बढी युनिट बिक्री गरेको छ। यससँगै कम्पनीले लगातार १५ वर्षसम्म चीनबाट हुने कमर्शियल भेहिकल निर्यातमा नेतृत्व कायम राखेको दाबी गरेको छ। हाल फोटोनका सवारी साधन १४० भन्दा बढी देशमा उपलब्ध छन्।

सन् २०२६ को सुरुआत पनि सकारात्मक देखिएको छ। जनवरी २०२६ मा मात्रै कम्पनीले ५५,५५३ युनिट बिक्री गर्दै चीनको कमर्शियल भेहिकल क्षेत्रमा अग्रस्थान कायम राखेको जनाएको छ। सोही अवधिमा ओभरसिज सेल्स १५,१०२ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतले बढी हो।

फोटोनको विश्वव्यापी सफलता नेपालमा पनि विस्तार भइरहेको कम्पनीको भनाइ छ। नेपालमा फोटोन ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि ले देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, कम्पनीले विस्तार गर्दै गएको CCS2 टाइप DC फास्ट–चार्जर नेटवर्कअन्तर्गत १५६ भन्दा बढी चार्जिङ पोइन्ट सञ्चालनमा ल्याएको जनाएको छ, जसले विद्युतीय कमर्शियल सवारी प्रयोगकर्तालाई सहजता प्रदान गर्ने विश्वास लिएको छ।

एमएडब्लू ग्रुप अन्तर्गत सञ्चालनमा रहेको एमएडब्लू वृद्धि नेपालका अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो। कम्पनीले कमर्शियल तथा विद्युतीय भेहिकल ब्रान्डहरूको प्रतिनिधित्व गर्दै दिगो यातायात प्रवर्द्धनमा योगदान पुर्‍याइरहेको जनाएको छ।

फोटोनले आगामी दिनमा पनि मूल्य, विश्वसनीयता र भविष्य–केन्द्रित कमर्शियल सोलुसन्स उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउँदै फ्लीट कन्सल्टेसन तथा उत्पादन प्रदर्शनका लागि ग्राहकलाई नजिकैको शोरुम भ्रमण गर्न आग्रह गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्