Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दिपलले बेच्यो पाँच लाख युनिट इभी सवारी, मे महिनामा मात्र २५ हजार बिक्री

दिपलले बेच्यो पाँच लाख युनिट इभी सवारी, मे महिनामा मात्र २५ हजार बिक्री
विज्ञापन
Advertisement

काठमाडौं । चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेइकल ब्रान्ड दिपलले विश्वभर पाँच लाख युनिट सवारी बिक्री गर्न सफल भएको छ । गएको मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी बिक्री भएको थियो । जुन संख्या गत वर्षको मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।

विज्ञापन
Advertisement
Advertisement

हाल दिपल ब्रान्ड अन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल विक्री वितरण भइरहेको छ । यसमध्यै दिपल ए०९ औपचारिक रुपमा गएको मे२२ मा सार्वजनिक भएको छ ।
६ सिट भएको ठूलो आकारको एसयुभी दिपल एस०९ पाँच वटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।

यसमा इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फंक्सन जस्ता सुविधा उपलब्ध छ । साथै, यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिंग असिस्टेन्ट सिस्टम रहेको छ । दिपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ ।

डब्लुईडब्लुए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिंग फ्रेक्वेन्सी ३० प्रतिशतले घटाउने छ । दिपलले आउँदो वर्ष चीनमा तीन सय वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ ।

गत मेमा आयोजना भएको दिपल ब्रान्ड नाइटमा सिईओ डेंग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार विक्री गर्ने लक्ष्य लिइएको छ । यो योजना अन्तर्गत चांगानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit