Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अल्फा अटोमोटिभको मेगा सर्भिस क्याम्प सम्पन्न, दुई हजारले लिए सेवा

अल्फा अटोमोटिभको मेगा सर्भिस क्याम्प सम्पन्न, दुई हजारले लिए सेवा
विज्ञापन
Advertisement

काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. द्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सम्पन्न भएको छ ।
क्याम्पमा झण्डै २ हजार जनाले सहभागीता जनाउँदा ५ सय बढी बाइकहरूको सर्भिसिङ गरिएको आयोजकको भनाइ छ । महिला राइडरहरू तथा पुराना ग्राहकहरूले समेत कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।

विज्ञापन
Advertisement
Advertisement

अल्फा अटोमोटिभ प्रा. लि.का निर्देशक मेघराज पौडेलले भने, ‘यस प्रकारको कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउँछ । ग्राहकहरूलाई सिधै कम्पनीका अधिकारीहरूसँग अन्तरक्रिया गर्न अवसर क्याम्पले प्रदान गर्यो ।’

यस्तै, सर्भिस क्याम्पमा सहभागी ग्राहक प्रज्वल नेपालले क्याम्प आफ्ना लागि फलदायी सावित भएको प्रतिक्रिया दिए । उनले भने, ‘मैले फेसबुकमा यो कार्यक्रमको प्रचार देखेपछि सहभागी हुने निर्णय गरेँ। बाइकको सर्भिस गराए, विशेषज्ञ प्रविधिज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएँ, साथै बाइकका पाट्र्स र मर्मत सम्बन्धी नयाँ कुरा सिक्न पाएँ। यो राम्रो अनुभव रह्यो।’

तीनदिनसम्म सञ्चालन भएको उक्त क्याम्पमा रोयल इनफिल्ड राइडर तथा ग्राहकहरुका लागि विशेष सेवामा ग्राहकहरूका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइएको आयोजकले जनाएको छ । ‘ स्पेयर पाट्र्स, लुब्रिकेन्ट, र श्रम शुल्कमा १०% छुट को पनि ब्यवस्था गरीएको थियो । क्याम्पमा सहभागीहरूले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्कि ड्र उपहार, रमाइला खेलहरू, विशेषज्ञहरूसँग अन्तरक्रिया, छिटो मर्मत सेवा, फ्रि पास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा उपलब्ध थियो।’

अल्फा अटोमोटिभ प्रा. लि.का निर्देशक मेघराज पौडेलले उद्घाटन गरेको उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ सम्म आयोजना गरिएको हो । आयोजकले मेगा सर्भिस क्याम्प प्रत्येक वर्ष नेपाल भरी सञ्चालन गर्ने घोषणा गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit