काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।कम्पनीले सामुदायिक उत्तरदायित्व अन्र्तगत प्रहरी परिसर भवन निर्माणका लािग १० लाख बराबरको निर्माण सामग्री सहयोग गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको सम्युक्त उपस्थितिमा निर्माण सामग्री बालाजु प्रहरी कार्यालयलाई प्रदान गरिएको छ।
कार्यक्रममा बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिको तर्फबाट अध्यक्ष शिव भक्त रंजित, कोषाध्यक्ष बेद प्रसाद पौडेल र प्रहरी नायब उपरीक्षक यल लाल बन्जाडे लगायतका अधिकारीहरु उपस्थित थिए ।
प्रहरी परिसर जस्तो सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने संस्थाको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको भन्दै कम्पनीले यो सहयोग गरेको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्