Advertisement
Advertisement
Corporate Samachar
८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

नवलपरासीको श्रीनगरमा मल कारखाना खुल्दै, अघि बढ्यो प्रकृया

नवलपरासीको श्रीनगरमा मल कारखाना खुल्दै, अघि बढ्यो प्रकृया
विज्ञापन
Advertisement

काठमाडौं । चौधरी ग्रुपले नवलपरासी पश्चिम सुस्ताको श्रीनगरमा मल कारखाना खोल्ने भएको छ। चौधरी ग्रुपले केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने उद्देश्यले खरिद गरेको जग्गामा अब मल कारखाना स्थापना गर्न लागिएको हो। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सामाजिक सञ्जालमार्फत आफ्नो पालिकामा मल कारखाना खुल्न लागेको जानकारी दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सुरुमा सो स्थानमा केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने लक्ष्यसहित जग्गा खरिद गरिएको थियो। तर त्यहाँ उत्पादन हुने केराको गुणस्तर कमजोर रहेको कारण चिप्स फ्याक्ट्री सञ्चालन गर्न उपयुक्त नभएपछि उक्त जग्गालाई कृषि सम्बन्धी उद्योग स्थापनामै प्रयोग गर्ने निर्णय अनुसार अब मल कारखाना खोल्न लागिएको हो।

पालिका प्रमुख उपाध्यायका अनुसार मल कारखाना स्थापनाका लागि पालिकाबाट आवश्यक प्रक्रिया पूरा भइसकेको छ र सरकारका सम्बन्धित निकायबाट समेत स्वीकृति लिइसकिएको छ। उपाध्यायले भनेका छन्, ‘केरा चिप्स फ्याक्ट्रीका लागि खरिद गरिएको जग्गामा मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ। चुनावी घरदैलोका क्रममा हाम्रो पार्टी नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी सुस्तामा पुग्दा हामीले त्यहाँ भइरहेको कामको अवलोकन गर्ने अवसर पायौँ। सो स्थानमा छिट्टै मल कारखाना स्थापना हुँदै गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ।’

नवलपरासीका किसानहरूले लामो समयदेखि भोग्दै आएको मलको अभाव पूर्ति गर्न यो पहलले सार्थक परिणाम ल्याउने उनको विश्वास छ। उपाध्यायका अनुसार हाल मल कारखाना निर्माणको काम धमाधम भैरहेको छ । यस निर्माणाधीन मल कारखानामा रासायनिक मल, जैविक मल तथा अन्य कृषिजन्य उत्पादनहरूको औद्योगिक उत्पादन गर्ने योजना छ। प्रारम्भिक चरणमै जिंक सल्फेट मोनोहाइड्रेट उत्पादन गर्ने उल्लेख छ। उक्त उद्योग निर्माण कार्य तीव्र रुपमा भैरहेको छ।

जिंकयुक्त मलले माटोमा देखिने सूक्ष्म पोषक तत्वको कमी सुधार गरी कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । पश्चिम नवलपरासीका अधिकांश नागरिकको जीविकोपार्जन कृषि क्षेत्रमा आधारित छ। विशेषगरी उखु, धान र अन्य बाली यस क्षेत्रको मुख्य कृषी उत्पादन हुन् । तर प्रत्येक वर्ष रासायनिक मलको अभाव, ढुवानी समस्या, महँगो मूल्य तथा आपूर्ति असन्तुलनका कारण किसानले ठूलो सास्ती खेप्दै आएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit