Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

मेरो माइक्रोफाइनान्सको नवनियुक्त अध्यक्ष पाँडेले लिए शपथ

मेरो माइक्रोफाइनान्सको नवनियुक्त अध्यक्ष पाँडेले लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बैंकर कल्याण विक्रम पाँडेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकमा एक कार्यक्रमबीच नवनियुक्त अध्यक्ष पाँडेले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट आज पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

संस्थाको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले पाँडेलाई सर्वसम्मत पुनः अध्यक्ष चयन गरेको थियो। पाँडे यसअघि पनि संस्थाको संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । हाल उनी ग्लोबल आइएमईका सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

सो अवसरमा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल लगायतको उपस्थिति रहेको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit