Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार अघि बढिरहेको छ: प्रदीप ज्ञवाली

बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार अघि बढिरहेको छ: प्रदीप ज्ञवाली
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले देश अहिले अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको दाबी गरे । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेशसहित राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आए पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकारको दिशा स्पष्ट पारेको बताए ।

उनका अनुसार सरकार राष्ट्रपति संस्था, संसद्, आफ्नै पार्टी, न्यायालय, अन्य राजनीतिक दल तथा सञ्चारमाध्यमजस्ता संस्थालाई समेत पर्याप्त महत्व नदिई अघि बढिरहेको छ । ‘सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ । जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्त्व छैन, संसद् पनि कुनै अर्थको छैन। जुन पार्टीले उहाँलाई प्रधानमन्त्री बनायो, त्यसको पनि कुनै सरोकार छैन । न्यायालय वा अन्य राजनीतिक दलसँगको संवाद त धेरै टाढाको कुरा भयो,’ ज्ञवालीले भने, ‘मिडियालगायत सबै संस्थालाई किनारा लगाउँदै बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ ।’

ज्ञवालीले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र लोकतान्त्रिक खुलापन अहिले गम्भीर जोखिममा रहेको बताए। नेपालमा दक्षिण एसियाकै तुलनात्मक रूपमा खुला लोकतान्त्रिक स्पेस रहेको उल्लेख गर्दै उनले त्यसको संरक्षण आवश्यक रहेको धारणा राखे । सरकारको सम्भावित अधिनायकवादलाई संसद्भित्रबाट रोक्ने बलियो विकल्प नरहनु थप चिन्ताको विषय भएको उनको भनाइ थियो । उनले हालको प्रतिनिधिसभामा संविधान निर्माण गर्ने शक्तिहरूको एकतिहाइ पनि शक्ति नरहेको भन्दै शक्ति सन्तुलन आफूहरूका लागि प्रतिकूल रहेको बताए ।

‘भोलि संविधानमा प्रतिगामी संशोधन गर्न चाह्यो भने के हुन्छ? राष्ट्रिय सभा छ, त्यसले चेक एन्ड ब्यालेन्स गर्ला । तर प्रतिनिधिसभाको कुरा गर्ने हो भने हिजो संविधान निर्माण गर्ने शक्तिहरूको एकतिहाइ पनि शक्ति नभएको अत्यन्त प्रतिकूल शक्ति सन्तुलनमा हामी छौँ,’ उनले भने । ज्ञवालीले रास्वपाले चितवन महाधिवेशनबाट ‘सामाजिक प्रजातन्त्र’ अर्थात् ‘सोसल डेमोक्रेसी’लाई आफ्नो राजनीतिक दर्शनका रूपमा अघि सारेको समेत उल्लेख गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit