Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नागपोखरीमा ‘याडिया केयर सर्भिस स्टेशन’ सञ्चालनमा

नागपोखरीमा ‘याडिया केयर सर्भिस स्टेशन’ सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले ग्राहकलाई अझ गुणस्तरीय आफ्टर–सेल्स सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको नाग पाेखरीमा नयाँ याडिया केयर सर्भिस स्टेसन सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको केन्द्रिय क्षेत्रमा रहेको यस सेवा केन्द्रले याडिया स्कुटर प्रयोगकर्तालाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा प्राविधिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। नयाँ सेवा केन्द्र सञ्चालनमा आएपछि ग्राहकहरूले सहज स्थानमै प्राविधिक जाँच, मर्मत तथा नियमित सेवा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार सेवा केन्द्र औपचारिक रूपमा आजदेखि सञ्चालनमा आएको हो। विशेष गरी काठमाडौंको केन्द्रिय क्षेत्रमा बसोबास गर्ने तथा काम गर्ने Yadea स्कुटर प्रयोगकर्ताका लागि सेवा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।

याडिया विश्वकै अग्रणी इलेक्ट्रिक दुईपांग्रे सवारीसाधन ब्रान्डका रूपमा आफ्नो स्थान कायम राख्दै आएको छ। नेपाली बजारमा पनि यस ब्रान्डका विभिन्न मोडेलहरू ग्राहकबीच लोकप्रिय बन्दै गइरहेका छन्। विशेषगरी Yadea Velax, Yadea Owin तथा सबैभन्दा धेरै बिक्री हुने Yadea E8S Pro मोडेलले उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।

कुजु नेपालका अनुसार नागपोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याउनु ग्राहक सेवा सुदृढ बनाउने र Yadea प्रयोगकर्तालाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धताको हिस्सा हो।

कम्पनीले आगामी दिनहरूमा देशका अन्य प्रमुख शहरहरूमा पनि याडिया केयर सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको जनाएको छ। यसबाट देशभरका ग्राहकहरूलाई अझ सहज र विश्वसनीय आफ्टर–सेल्स सेवा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit