Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुन तस्करीदेखि जीवी राई भगाउनेसम्म मुछिएका सहसचिव झलकराम अधिकारी ७० लाख रुपैयाँ भ्रष्टाचार मुद्दामा निलम्बित

सुन तस्करीदेखि जीवी राई भगाउनेसम्म मुछिएका सहसचिव झलकराम अधिकारी ७० लाख रुपैयाँ भ्रष्टाचार मुद्दामा निलम्बित
विज्ञापन
Advertisement

काठमाडौं। राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैयाँ भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव अधिकारीले घुस लिएर अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

७० लाख घुस र सम्पत्ति शुद्धीकरणको ‘सेटिङ’

अख्तियारको अनुसन्धान अनुसार अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा (साउन २०७९ मा) राजस्व चुहावट सम्बन्धी कसुरबाट बचाउन सहजीकरण गरिदिएबापत एच.के. इन्टरप्राइजेज प्रा.लि. का सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको छ। उक्त घुसको रकम लुकाउन अधिकारीले बिचौलिया र विभिन्न बैंकहरूको प्रयोग गरेको पाइएको अख्तियारले जनाएको छ ।

राजस्वका पूर्वमहानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख भ्रष्टाचारको मुद्दा

बैंक खाताको प्रयोग ः विकास चापागाईं, देवेन्द्र के.सी र रविन्द्र लामिछानेका नाममा रहेका ग्लोबल आइएमई, लुम्बिनी विकास र लक्ष्मी सनराइज बैंकका खाताहरूमा रकम जम्मा गरी स्वरूप परिवर्तन गराएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

जग्गा खरिद : अधिकारीले घुसको रकमबाट भक्तपुरको थिमी–२ स्थित दिव्यश्वरी आयोजना भित्र १६४.१४ वर्गमिटर जग्गा (कित्ता नं. ९९८) खरिद गरेको अख्तियारले जनाएको छ । यस्तै, केही रकम देवेन्द्र के.सी समेत सञ्चालक रहेको ‘द कुटी रिसोर्ट’ को बैंक कर्जा तिर्न प्रयोग गरिएको अख्तियारको दाबी छ।

विवादै विवादको शृङ्खला
सहसचिव अधिकारी शक्तिको आडमा पटक–पटक गम्भीर विवादमा मुछिने गरेका पात्र हुन्। उनको नाम विगतमा सुन तस्करी, जीवी राई फरार प्रकरणमा पनि आएको थियो ।

सुन तस्करी र दावा छिरिङ सम्बन्ध :झलकराम अधिकारी २०८० भदौमा अध्यागमन विभागको महानिर्देशक रहँदा सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग ‘विच्याट’ मा कुराकानी गरी सामान छाड्ने गरेको खुलेपछि उनी गृह मन्त्रालय तानिएका थिए।

जीवी राई फरार प्रकरण : संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार, अधिकारी अध्यागमनमा हुँदा शंकास्पद भूमिका खेलेकै कारण सहकारी ठगीका मुख्य अभियुक्त जीवी राई नेपालबाट फरार हुन सफल भएका थिए।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सचिव बन्ने वरीयतामा रहेका अधिकारी पदबाट निलम्बनमा परेका छन्। अख्तियारले उनलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दाबी गरी मुद्दा दायर गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit