काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेलस्थित एक रिसोर्टमा कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य र प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न सभाले देशभरबाट छनोट भएका ८३ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले ‘एमडिआरटी २०२६’ का लागि तोकेको बीमाशुल्क संकलन गरी देशभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी कूल ८३ जना अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । नेशनल लाईफको सीईओ सो अवसरमा उपस्थित अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले तालिम प्रदान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही हुने बताए। उनले एमडिआरटी २०२६ मा तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरुलाई कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना ‘चेज योर एमडिआरटी’मा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरे ।
कार्यक्रममा सबैभन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्