Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि महासंघको बस्तुगत सदस्यमा सागर ढकालको उम्मदवारी, यस्ता छन् एजेन्डा

अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि महासंघको बस्तुगत सदस्यमा सागर ढकालको उम्मदवारी, यस्ता छन् एजेन्डा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
आफ्नो उम्मेदवारी घोषणा गर्दै महासंघ भित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायी मैत्री नीति निर्माणमा पैरवी गर्नका लागि आफुले बस्तुगततर्फको सदस्य पदमा उम्मेदारी दिएको बताए ।

‘अहिले विभिन्न बस्तुगत सदस्यहरुको थुप्रै कानूनी तथथा व्यवहारिक समस्या रहेको छ,’ उम्मेदवारी घोषणासँगै उनले भने, ‘महासंघ भित्र रहेर बस्तुगत संघका समस्या समाधानका लागि सरकारसँग बहस पैरवी तथा नीतिगत लबिङ गर्न मैले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।’

नेपालको पुजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउन आफुले पहलकदमी लिने समेत उनले जानकारी दिए । ‘नेपालको पँुजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ, अब यसलाई नेपालको पुँजी बजार मात्र सीमित नराखी समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासंघको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।’ करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुजीबजारका साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् ।

यसैगरी उनले धितोपत्र ऐन २०६३ र यस अन्तर्गतका नियमावलीहरूलाई बदलिँदो बजारको आवश्यकता अनुसार समयसापेक्ष परिमार्जन गर्न प्रभावकारी पहल गर्ने उनको भनाई छ । यस्तै नयाँ वित्तीय उपकरणहरूको विस्तार गर्दै मार्जिन ट्रेडिङ, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ, र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन धितोपत्र बोर्ड सँग विशेष समन्वय गरिएको समेत उनको भनाई छ । साथै कमोडिटिज, फरेन करेन्सी, र बुलियन एक्सचेन्ज स्थापनाका लागि नियामक निकाय र लगानीकर्ताहरूबीच पुलको रूपमा आफुले नेतृत्वकारी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।

साना तथा मझौला व्यवसायहरूलाई पुँजी जुटाउन सहज मार्ग प्रशस्त गर्न एसएमई प्लेटफर्म र ओटी मार्केटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने समेत उनले जानकारी दिए ।

साथै अन्तर्राष्ट्रिय लगानीको ढोका खुला गर्न गैरआवासीय नेपाली र विदेशी लगानीकर्ताहरूलाई नेपाली पुँजी बजारमा भित्र्याउन स्पष्ट र सहज नीति निर्माणमा सरकारलाई दबाब दिइने समेत उनको उद्घोष छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit