Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ
विज्ञापन
Advertisement

पोखरा। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीले समसामयिक आर्थिक अवस्थाबारे अन्तरक्रिया, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८३ सालको क्यालेण्डर सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेपाल चेम्बर हीरक जयन्ती समारोहका संयोजक तथा पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कोरोला नाका सञ्चालनमा आएसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गरे । उनले अब परम्परागत व्यापारिक मार्गमा मात्र निर्भर रहने समय सकिएको भन्दै नयाँ नाकाहरूको प्रभावकारी उपयोगमार्फत व्यापार विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले भने , ‘कोरोला नाका केवल भौगोलिक पहुँच मात्र होइन, यो नेपालको व्यापारिक भविष्यसँग जोडिएको रणनीतिक अवसर हो। यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके पश्चिम नेपाललाई क्षेत्रीय व्यापार केन्द्रका रूपमा विकास गर्न सकिन्छ।’

श्रेष्ठले चीनसँगको व्यापार सन्तुलन सुधार गर्न र आयात–निर्यात प्रक्रियालाई थप व्यवस्थित बनाउन आधुनिक आपूर्ति शृङ्खला, भन्सार प्रणाली सुधार र ढुवानी व्यवस्थापनलाई सुदृढ बनाउनु आवश्यक रहेको धारणा राखे । साथै, व्यवसायीहरूले लागत घटाउने, गुणस्तर वृद्धि गर्ने र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने दिशामा ध्यान दिनुपर्ने बताए ।

उनले भने , ‘व्यापार सहजीकरणका लागि नीतिगत स्पष्टता, पूर्वाधार विकास र डिजिटल प्रविधिको व्यापक प्रयोग अपरिहार्य भइसकेको छ। डुइङ बिजनेश सहज नहुँदासम्म विदेशी लगानी आकर्षित गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ।’

श्रेष्ठले कोलकाता लगायतका अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत आयात–निर्यातलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउँदै बहुविकल्पीय व्यापार मार्गको विकासले नेपालको व्यापारलाई सुरक्षित र दिगो बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सक्रिय सहभागिताले नेपाली व्यवसायीहरूलाई नयाँ प्रविधि, बजार र साझेदारीका अवसरहरू प्रदान गर्न सक्छ।

पर्यटन क्षेत्रको प्रसङ्ग जोड्दै श्रेष्ठले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सुदृढ बनाउन चीन र भारत जस्ता विशाल बजारबाट पर्यटक भित्र्याउन रणनीतिक योजना आवश्यक रहेको बताउनुभयो। उहाँले विमानस्थलहरूको अधिकतम उपयोग, उडान संख्या वृद्धि र सेवा गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले सरकारद्वारा राजश्व अनुसन्धान आयोग खारेज गर्ने निर्णयको स्वागत गर्दै कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउन आग्रह गरे । उनले निजी क्षेत्रको मनोबल बढाउने खालका नीति तथा कार्यक्रम ल्याउन नयाँ सरकारलाई सुझाव दिए ।

कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय विस्तारका रणनीतिबारे विस्तृत अन्तरक्रिया गरिएको थियो। सो अवसरमा विभिन्न उद्योगी, व्यवसायी, विज्ञ तथा संघ–संस्थाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए।

पोखराका उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीलाई अर्थपूर्ण बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सको स्थापना २००७ सालमा भई विगत ७५ वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योगी(व्यवसायीहरूको हकहितमा निरन्तर कार्य गर्दै आएको बारे पनि श्रेष्ठले जानकारी गराएका थिए ।

यस्तै पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले हालै सरकारले राजश्व अनुसन्धान आयोगलाई खारेज गर्ने निर्णय गरेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै कर सम्बन्धी केही असान्दर्भिक नीतिहरुलाई पनि परिमार्जन गरी निर्वाध रुपमा उद्योग तथा व्यापार संचालन गर्ने वातवरण निर्माण गरेर अघि बढन सरकारलाई आग्रह गर्न चाहेको बताए ।

उनले समसामयीक राजनीतिको सन्दर्भमा बोल्दै हालको सरकारले निजी क्षेत्रको लगानीकर्ताको मनोबल उच्च हुने खालका नीति तथा कार्यक्रमसहित बजेट ल्याउनुपर्ने धारणा राखे ।

नयाँ सरकारलाई अत्याधिक अवसर रहेको उल्लेख गर्दै सोही अनुसारको व्यवसायीमैत्री कानून तर्जुमा गर्नुपर्नेमासमेत जोड दिए ।

कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात(निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय बिस्तारका रणनीतिहरू सम्बन्धी विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।

सो अवसरमा पोखरा चेम्बरका सल्लाहकारहरु माधव बास्तोला, योगेन्द्र बहादुर केसी, बिष्णु प्रसाद बास्तोला, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी चन्द्र बास्तोला, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पोखरा स्थित वस्तुगत संघ संस्थाहरुकोतर्फबाट थोक व्यवसायी संघ कास्कीका अध्यक्ष उषा तिमिल्सिना सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा पोखराका व्यवसायी, उद्योगपति, विज्ञ तथा चेम्बर अफ कमर्स जिल्ला समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

हीरक जयन्तीको अवसरमा नेपाल चेम्बर अफ कमर्स केन्द्रिय कार्यालय, मातहतका समिति र देशभर छरिएर रहेका विभिन्न तहगत चेम्बरहरुले विविध कार्यक्रम आयोजना गर्दै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit