काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को वरियता परिमार्जन गरेका हुन् ।
राष्ट्रपति कार्यालयको पछिल्लो विज्ञप्ति अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीको वरियता यथावत छ । प्रधानमन्त्री बालेन्द्र शाह मर्यादाक्रमको पहिलो नम्बरमा र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो नम्बरमा कायम रहेका छन् ।
यस्तै, नयाँ मर्यादाक्रम अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल अब तेस्रो वरियतामा उक्लिएका छन् । चौथोमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठ रहेका छन्। यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् ।
१५ सदस्यीय मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रमको छौठौँ नम्बरमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहँदा पुछारमा श्रम मन्त्री दिपक कुमार साह रहेका छन् ।








कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्