काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष आयोजित कार्यक्रममा उनले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहणसँगै पण्डितले आजैदेखि औपचारिक रूपमा पदबहाली समेत गरेका छन् ।
उनलाई मंगलबार मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो। पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए । त्यसपछि उनी २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका हुन् ।
कार्यकारी निर्देशकका रूपमा रहँदा पण्डितले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए । साथै, उनले बैंकको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेको अनुभव छ ।

















प्रतिक्रिया दिनुहोस्