Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्वदेशी गार्मेन्ट उद्योगको विकास र प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्छ : अध्यक्ष पाण्डे

स्वदेशी गार्मेन्ट उद्योगको विकास र प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्छ : अध्यक्ष पाण्डे
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले स्वदेशी गार्मेन्ट उद्योगको विकास र प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग राखेका छन् । मंगलबार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस क्षेत्रले भोग्नु परेको चुनौतीबारे जानकारी गराएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै पाण्डेले नेपाली तयारी पोशाक क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान बनाएको भए पनि आन्तरिक नीतिगत समस्याका कारण उद्योगीहरू मारमा परेको बताए।

‘सरकारसँग लामो समयदेखि माग गरिएका कतिपय योजनाहरू अझै कार्यान्वयन भएका छैनन । दीगो र वातावरणमैत्री उद्योगका लागि ग्रिन गार्मेन्ट भिलेजको माग गरिएको वर्षाैंभए पनि अहिलेसम्म पुरा हुन सकेको छैन। तयारी पोशाक क्षेत्रलाई व्यवस्थित गर्ने विषय अझै कागजमै सिमित छु,’ उनले भने ।

संघले बजेटमा करोड माग गरेकोमा सरकारले लाख मात्र बजेट विनियोजन गर्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। यस्तो न्यून बजेटले उद्योगको प्रवद्र्धन र नयाँ प्रविधिको विस्तारमा बाधा पुग्ने उनको तर्क छ।

अध्यक्ष पाण्डेका अनुसार तयारी पोशाक चालु आर्थिक वर्षमा पनि निर्यातमा उल्लेख्य सफलता हासिल भएको छ। यो सफलता उद्योगीहरूको अथक प्रयास, संघको पहल र विभिन्न सरकारी तथा निजी निकायहरूको सहकार्यबाट सम्भव भएको उनले उल्लेख गरे।

अहिले पनि रुग्ण उद्योगहरूलाई पुन: सञ्चालन गर्न सके तत्कालै थप ५० हजार रोजगारी सिर्जना हुन सक्ने पाण्डेले दाबी गरे। यसका लागि कार्ययोजना र वित्तीय पहुँचको खाँचो रहेको उनले बताए ।

यधपि सरकारी निकायहरूमा नेपालमै बनेको कपडा प्रयोग गर्ने निर्णय गरेकोमा उनले खुसी व्यक्त गरे। यसले स्वदेशी उद्योगलाई ‘अक्सिजन’ को काम गर्ने र आगामी दिनमा निर्यात प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit