Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

टाइम फर्मास्युटिकल्स र नेप्सेबीच शिलबन्दी बोलपत्र सम्बन्धी सम्झौता, १० लाख ८६ हजार कित्ता शेयर निष्काशन हुँदै

टाइम फर्मास्युटिकल्स र नेप्सेबीच शिलबन्दी बोलपत्र सम्बन्धी सम्झौता, १० लाख ८६ हजार कित्ता शेयर निष्काशन हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच शेयर निष्काशनका लागि शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न औपचारिक सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार आयोजित एक कार्यक्रमकाबीच नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं र टाइम फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले प्रचलित धितोपत्र दर्ता तथा निष्काशन नियमावली बमोजिम बुक बिल्डिङ्ग विधि मार्फत कुल १०,८६,५०० कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ।

सम्झौता अनुसार कुल शेयरमध्ये ४० प्रतिशत (४,३४,६०० कित्ता) योग्य संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ। बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने उल्लेख छ। यसका लागि नेप्सेले बुक बिल्डिङ्ग निर्देशिका अनुसार बोलपत्र दर्ता गर्ने, खोल्ने र निर्णय प्रक्रियामा प्राविधिक सहजीकरण गर्नेछ।

१०,८६,५०,००० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी ५३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको शेयर बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले सम्हालिरहेको छ। सम्झौता कार्यक्रममा नबिल इन्भेष्टमेन्टका मनोहर कडेल र कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरेको समेत उपस्थिति थियो।

विगत ३० वर्षदेखि सञ्चालनमा रहेको टाइम फर्मास्युटिकल्सको नवलपरासीको गैंडाकोट–१० मा उत्पादन प्लान्ट र ललितपुरको सातदोबाटोमा मार्केटिङ्ग कार्यालय रहेको छ । यस उद्योगले हाल २०० भन्दा बढी प्रकारका गुणस्तरीय औषधिहरू उत्पादन गर्दै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit