Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारतले मल आयात बढाउँदै, नेपालको के छ तयारी?

भारतले मल आयात बढाउँदै, नेपालको के छ तयारी?
विज्ञापन
Advertisement

 काठमाडाैं । मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारी स्वामित्वको इन्डियन पोटाश लिमिटेडले यससम्बन्धी टेन्डर जारी गरिसकेको छ, जसका लागि आवेदन दिने अन्तिम मिति अप्रिल १५ तोकिएको छ ।भारतले युरियाको माग पूरा गर्न ठूलो मात्रामा अन्तर्राष्ट्रिय बजारमा निर्भर रहँदै आएको छ ।  मनसुन सुरु भएसँगै र गर्मी सिजनको बाली रोपाइँ सुरु हुने भएकाले यसको माग अझ बढ्ने अपेक्षा गरिएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भएको छ । यसले प्रमुख निर्यातक देशहरूबाट मल आपूर्ति अवरुद्ध हुनुका साथै हर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री यातायातमा पनि कमी आएको छ ।

उक्त समुद्री मार्ग अवरुद्ध हुँदा भारतमा एलपीजी अभाव देखिएको छ भने विश्व बजारमा कच्चा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ ।

नेपालमा के छ मलको अवस्था? 

भारतले मल ल्याउन तत्काल पहल गरिरहँदा नेपालले पनि  समयमै मल ल्याउन  महल गरेकाे देखिन्छ । मुख्य नाका भारतबाटै मल ल्याउनेहुँदा मल ल्याउने जिम्मा पाएका कृषि सामाग्री कम्पनी र  साल्ट ट्रेडिङ लिमिटेडले ठेक्का पाएकाे मल ल्याउन तयारी गरेका हुन् ।

कृषि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशमा रासायनिक मलको मौज्दात र आपूर्ति अवस्था अहिलेको मागलाई धान्न सक्ने देखिन्छ । केही मल पर्याप्त मौज्दातमा भए पनि युरिया र डिएपीमा अभाव कायमै रहेको छ।

तथ्यांकअनुसार कृषि मन्त्रालय अन्तर्गतका दुई निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन को मौज्दातमा ठूलो असन्तुलन देखिएको छ।

युरियातर्फ कृषि सामग्री कम्पनी ६७ हजार ३५७ मेट्रिक टन मौज्दात रहेको छ भने साल्ट ट्रेडिङ मौज्दात ऋणात्मक ३७ हजार १८३ मेट्रिक टनमा रहेको देखिन्छ, जसले आपूर्ति व्यवस्थापनमा समस्या रहेको संकेत गर्छ।

यस्तै, डिएपी मलमा कृषि सामग्री कम्पनीसँग ५१ हजार ८७६ मेट्रिक टन मौज्दात हुँदा साल्ट ट्रेडिङ ४ हजार ८८४ मेट्रिक टन ऋणात्मक मौज्दात रहेको छ।

पोटासतर्फ भने अवस्था केही सन्तुलित देखिएको छ। कृषि सामग्री कम्पनीसँग १२ हजार ७२१ मेट्रिक टन र एसटीसीसँग ४८५ मेट्रिक टन मौज्दात रहेको छ।

यसैबीच, आयातको क्रममा रहेको मलले केही राहत दिने अपेक्षा गरिएको छ। युरियामा कृषि सामाग्री कम्पनीले ल्याउन लागेको लागि २८ हजार ६७४ मेट्रिक टन र साल्ट ट्रेडिङ लागि ६ हजार ३६५ मेट्रिक टन मल आउँदैछ।

डिएपीतर्फ कृषि सामाग्री कम्पनी लागि ७ हजार १२२ मेट्रिक टन र साल्ट ट्रेडिङ लागि ७ हजार ९५५ मेट्रिक टन मल आयात मार्गमा रहेको छ। पोटासतर्फ पनि कृषि सामाग्री कम्पनी लागि २ हजार १६१ मेट्रिक टन र साल्ट ट्रेडिङका लागि ३२५ मेट्रिक टन मल आउने क्रममा छ।

मन्त्रालयका अनुसार आयातमा रहेको मल समयमै आइपुगेमा हाल देखिएको अभाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। तर, वितरण व्यवस्थापन र समयमै आपूर्ति सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit