Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भिभोद्वारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक, मूल्य कति?

भिभोद्वारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक, मूल्य कति?
विज्ञापन
Advertisement

काठमाडौं । भिभोले आफ्नो लोकप्रिय ‘भि सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी७० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। अत्याधुनिक फोटोग्राफी र शक्तिशाली कार्यक्षमतालाई प्राथमिकता दिँदै कम्पनीले यस फोनमा पहिलो पटक उच्च स्तरको जाइस अप्टिक्स प्रविधि समावेश गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

क्यामेरामा नयाँ क्रान्ति
भिभो भी७० को मुख्य आकर्षण यसको ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा हो। यसले टाढा रहेका वस्तुहरूको स्पष्ट तस्बिर खिच्न मद्दत गर्छ। विशेष गरी कन्सर्ट, स्टेज कार्यक्रम र पोट्र्रेट फोटोग्राफीका लागि यसमा एआई स्टेज मोड राखिएको छ, जसले १ गुणादेखि २० गुणासम्म जूम गर्दा पनि अनुहारको स्पष्टता र विवरण कायम राख्ने कम्पनीको दाबी छ। यसका साथै, भिभोले यस सिरिजमा पहिलो पटक ४के ६० एफपीएस भिडियो रेकर्डिङ सुविधा समेत उपलब्ध गराएको छ।

शक्तिशाली प्रदर्शन र डिजाइन

यस स्मार्टफोनमा १.५के अल्ट्रा क्लियर ओएलईडी ९इीभ्म्० डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले प्रयोगकर्तालाई ‘स्मूद’ अनुभव प्रदान गर्छ। फोनलाई मजबुत बनाउन एयरोस्पेस–ग्रेड ६–सिरिज एल्युमिनियम एलोय फ्रेम प्रयोग गरिएको छ। यस्तै, ब्याट्रीको कुरा गर्दा, यसमा ६५०० एमएएच् क्षमताको ठूलो ‘ब्लुभोल्ट’ ब्याट्री छ, जसलाई ९० वाट फ्ल्यासचार्ज प्रविधिले निकै छिटो चार्ज गर्छ। फोनको सुरक्षाका लागि यसमा आईपी६८ र आईपी६९ स्तरको डस्ट एण्ड वाटर रेसिस्टेन्स रेटिङ दिइएको छ।

नेपालमा मूल्य र उपलब्धता
भिभो ख्ठण् नेपाली बजारमा दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, १२ जीबी र्याम २५६ जीबी स्टोरेजको ८३ हजार ९९९ र १२ जीबी र्याम ५१२ जीबी स्टोरेज मोवाइलको ९४ हजार ९९९ रुपैयाँ मूल्य कायम गरिएको छ । यो स्मार्टफोन ‘ड्युन ग्रे’ र ‘स्यान्डलवुड ब्राउन’ गरी दुई रङ्गमा भिभोका आधिकारिक शोरुमहरू र दराज अनलाइनमा उपलब्ध हुने कम्पनीको भनाइ छ।

नयाँ फोन खरिद गर्ने ग्राहकलाई विशेष अफर

नयाँ फोन खरिद गर्ने पहिलो १२ सय ग्राहकले भिभो बड्स एयर ३ निःशुल्क प्राप्त गर्नेछन्। साथै, पहिलो २,००० ग्राहकका लागि ६ महिनाको स्क्रिन रिप्लेसमेन्ट र वाटर ड्यामेज प्रोटेक्सन सुविधा पनि उपलब्ध छ। कम्पनीले ४ जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने अवसर समेत प्रदान गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit