images images images
images images images
images
images
images

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्ट नियुक्त

images

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई आयोगको उपाध्यक्ष नियुक्त गरेको हो ।

नवनियुक्त उपाध्यक्ष भट्ट नेपालको अर्थतन्त्र र बैंकिङ क्षेत्रका अनुभवि व्यक्ति हुन्। उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। प्रखर अर्थशास्त्री समेत रहेका भट्टसँग नेपालको मौद्रिक नीति, बाह्य क्षेत्रको अवस्था तथा आर्थिक स्थायित्वका बारेमा विशेषज्ञता रहेको छ।

images
images

विशेषगरी उनी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदमा रही कार्यअनुभव बटुलिसकेका व्यक्ति हुन् । त्यसअघि उनले बैंकका अनुसन्धान विभाग र बैंक सुपरिवेक्षण विभागको नेतृत्व गरिसकेका छन्।

यस्तै, लामो समयसम्म नेपाल राष्ट्र बैंकको प्रवक्ताको रूपमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक मुद्दाहरूमा बैंकको आधिकारिक धारणा राख्ने जिम्मेवारी सम्हालेका भट्ट जटिल आर्थिक विषयलाई सरल भाषामा बुझाउन माहिर मानिन्छन्।

images
images

प्रतिक्रिया दिनुहोस्