images images images
images images images
images
images
images

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

images

 काठमाडाैं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकपछि सामान्य प्रशासन तथा भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले अर्थ मन्त्रालयको प्रस्तावअनुसार पण्डितलाई केन्द्रीय बैंकको दोस्रो ठूलो पदमा जिम्मेवारी दिइएको बताइन् ।

images
images

२०७५ फागुन २५ गते यसअघिका डेपुटी गभर्नरहरू डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका थिए । उनीहरुको पाँच वर्षे कार्यकाल फागुन २४ गते मध्यरातीबाटै सकिएपछि राष्ट्र बैंकमा दुईवटा डेपुटी गभर्नरको पद रिक्त रहेको थियो। रिक्त ती दुई पदमध्ये सरकारले हाललाई एक पदमा पण्डितलाई नियुक्त गरेको हो। अर्को एक पद भने अझै रिक्त नै छ।

नवनियुक्त डेपुटी गभर्नर पण्डितले २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए । डेपुटी गभर्नरमा नियुक्त हुनुअघि उनी राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। करिब दुई दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव बटुलेका उनले त्यसअघि राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, भुक्तानी प्रणाली विभाग सम्हालिसकेका छन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको कार्यकाल ५ वर्षको हुन्छ। बैंकको सञ्चालक समिति सदस्य समेत रहने डेपुटी गभर्नरले गभर्नरको अनुपस्थितिमा गभर्नरको सम्पूर्ण कामकाज सम्हाल्ने व्यवस्था छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्