Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डिजिटल खरिद प्रणालीमा नयाँ फड्को : ‘विज्ञापन सेवा’ औपचारिक रूपमा सार्वजनिक

डिजिटल खरिद प्रणालीमा नयाँ फड्को : ‘विज्ञापन सेवा’ औपचारिक रूपमा सार्वजनिक
विज्ञापन
Advertisement

नेपालमा डिजिटल रूपान्तरणलाई थप गति दिने उद्देश्यसहित ‘विज्ञापन सेवा’ नामक एकीकृत अनलाइन खरिद प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

 परम्परागत खरिद प्रक्रियामा देखिँदै आएका जटिलता, ढिलाइ तथा पारदर्शिताको अभावलाई समाधान गर्ने लक्ष्यसहित प्लेटफर्म सार्वजनिक गरिएको हो । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य सृजना श्रेष्ठ, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराई तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघका अध्यक्ष डा. एसपी कलौनीले संयुक्त रूपमा विज्ञापन सेवाको उद्घाटन गरेका थिए । कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र तथा युवा नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्लेटफर्मका प्रमुख नवप्रवर्तक खिमानन्द देवकोटाले विज्ञापन सेवालाई नेपालमा खरिद प्रणालीको “संरचनात्मक परिवर्तन” को सुरुवातका रूपमा व्याख्या गरे । ‘हामीले लामो समयदेखि देखिएको समस्या-सीमित पहुँच, अपारदर्शिता र समय खपत हुने प्रक्रियालाई समाधान गर्ने प्रयास गरेका छौं,’ उनले भने, विज्ञापन सेवा ले संस्थाहरूलाई छिटो, पारदर्शी र प्रतिस्पर्धात्मक वातावरणमा निर्णय लिन सक्षम बनाउँछ ।”

उनका अनुसार अब संस्थाहरूले आफ्नो आवश्यकता अनुसार सेवा वा सामग्रीका लागि एउटै प्लेटफर्ममार्फत प्रस्ताव आह्वान गर्न सक्नेछन् र प्रमाणित सेवा प्रदायकहरूबाट प्रतिस्पर्धात्मक प्रस्ताव प्राप्त गर्न सक्नेछन् । यसले लागत नियन्त्रण, गुणस्तर सुनिश्चितता तथा निर्णय प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्लेटफर्म ईकोनोकी र फ्युचर अफ वोर्क विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । ‘डिजिटल प्लेटफर्महरूले बजारलाई थप खुला, पहुँचयोग्य र प्रतिस्पर्धात्मक बनाउँदै लगेका छन्,’ उनले भने, ‘नेपालमा यस्ता पहलहरूले उद्यमशीलता, रोजगारी र सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छन् ।’

उद्घाटनपछि मन्तव्य दिँदै सांसद श्रेष्ठले डिजिटल प्रणालीमार्फत पारदर्शिता प्रवर्द्धन हुने विश्वास व्यक्त गरिन् । ‘सार्वजनिक तथा निजी दुवै क्षेत्रमा पारदर्शिता र जवाफदेहिता बढाउन यस्ता प्लेटफर्मको भूमिका महत्वपूर्ण हुन्छ,’उनले भनिन्।

गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले गैरसरकारी क्षेत्रका लागि यो प्लेटफर्म उपयोगी हुने बताए । ‘हामीजस्ता संस्थाहरूले सेवा खरिद गर्दा धेरै चुनौती भोगिरहेका हुन्छौं,’ उनले भने, ‘यस्तो प्रणालीले प्रक्रियालाई व्यवस्थित र विश्वसनीय बनाउनेछ ।’

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघका अध्यक्ष डा. एसपी कलौनीले विकास साझेदार संस्थाहरूका लागि डिजिटल खरिद प्रणाली समयसापेक्ष भएको उल्लेख गरे । ‘डोनर–ड्रिभन परियोजनाहरूमा पारदर्शिता र ट्र्याकिङ अत्यन्तै महत्वपूर्ण हुन्छ,’ उनले भने, विज्ञापन सेवाले यसमा सहयोग पुर्‍याउने देखिन्छ ।’उनले संस्थागत नीतिहरू तथा राज्यका कानुनी व्यवस्थासँग समन्वय गरेर प्लेटफर्मलाई अझ प्रभावकारी बनाउनुपर्ने पनि औंल्याए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा. गोविन्द तामाङ, राष्ट्रिय युवा परिषद्का प्रशासनिक प्रमुख गेहनाथ गौतमलगायतले पनि मन्तव्य दिएका थिए । वक्ताहरूले यस्ता युवा नवप्रवर्तनमार्फत डिजिटल प्रणालीले नेपालमा व्यवसायिक वातावरण सुधार गर्ने, युवा उद्यमशीलता प्रवर्द्धन गर्ने तथा सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउनेमा जोड दिएका थिए ।

विज्ञापन सेवाले केन्द्रीकृत खरिद प्रणाली, प्रमाणित सेवा प्रदायकहरूको नेटवर्क, समय तथा लागत दक्षता र प्रयोगमैत्री इन्टरफेस जस्ता विशेषताहरू समेटेको छ। प्लेटफर्मले निजी क्षेत्र, विकास साझेदार संस्था, साना तथा मझौला उद्यम तथा व्यक्तिगत प्रयोगकर्तालाई लक्षित गरेको छ ।

कार्यक्रममा प्लेटफर्मको औपचारिक ‘रिभिल’ भिडियोमार्फत गरिएको थियो भने सेवा शुल्क तथा योजनाहरू पनि सार्वजनिक गरिएको थियो। डिजिटल रूपान्तरणलाई तीव्र गतिमा आत्मसात गरिरहेको नेपालमा विज्ञापन सेवा जस्ता पहलहरूले बजार पहुँच विस्तार, पारदर्शिता प्रवर्द्धन तथा सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit