काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीस्वरूप सरोकारवाला तथा सर्वसाधारणबाट राय तथा सुझाव आह्वान गरेको छ।
आगामी मौद्रिक नीति निर्माणका लागि आवश्यक सुझाव संकलन गर्न लागिएको बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, व्यवसायी, अर्थविद्, अनुसन्धानकर्ता तथा अन्य सम्बन्धित पक्षलाई आफ्नो राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ।
बैंकका अनुसार इच्छुक व्यक्ति वा संस्थाले आफ्ना सुझावहरू आगामी असार ५ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा पठाउन सक्नेछन्। सुझाव इमेलमार्फत उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्