Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा पहिलो पटक ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ।

नेपालमा पहिलो पटक ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ।
विज्ञापन
Advertisement

काठमाडौँ । नेपालमा पहिलो पटक विश्व स्तरीय डान्स प्लेटफर्म ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ । आइतबार विशेष समारोहका बिच कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमका निर्णायकमा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स रहने छन् । कार्यक्रममा बोल्दै थापाले टेलिभिजन रियालिटी शोभन्दा फरक रूपमा यहाँ ‘परफर्मेन्स–आधारित’ डान्स प्रस्तुत हुने बताउँदै नेपालमा प्रतिभाको कमी नभएको उल्लेख गरे ।

उनले भने, ‘वर्ल्ड अफ डान्समा हामीले टिभीमा हेर्न डान्स रियालिटी शो को भन्दा फरक हुन्छ । यहाँ ‘र रस्किट’ र रोनाधोना कम गरेर प्रस्तुति हुनेछ । यसमा इन्जोए गर्छु । विश्वास छ नेपालमा धेरै ट्यालेन्टहरु भेट्ने छौं । नेपाल र नेपालीहरू डान्स र कलाको मामिलामा कहीँ कम छैनन् । यस्ता प्लेटफर्महरूले ठाउँ दिन खोजेको छ ।’

कार्यक्रममा अभिनेत्री परीक्षा लिम्बुले डान्स र अभिनय आपसमा अन्तर सम्बन्धित रहेको भन्दै यसले स्टोरी रेलिङ, एक्सप्रेसन र इमोशन जस्ता पक्षलाई जोड्ने बताइन्।

उनले भनिन्, ‘डान्स र अभिनय अन्तर सम्बन्धित छ । डान्समा पनि चलचित्रमा हुने इलिमेन्टहरु देख्छौ । स्टोरी रेलिङ, एक्सप्रेसन, इमोशन हुन्छ । फिल्ममा पनि डान्सको जस्तो टाइमिङ, कोरीयोग्राफि जस्तो धेरै कुरा हुन्छ ।’

त्यसै गरी वर्ल्ड अफ डान्सको फेस रहेकी कविता नेपालीले नेपालमा डान्स क्षेत्र कमजोर हुँदै गएको अवस्थामा यस्ता प्लेटफर्मले नयाँ आशा जगाएको प्रतिक्रिया दिइन्। उनले आयोजकलाई धन्यवाद दिँदै डान्सरहरूलाई निरन्तर अघि बढ्न प्रेरित गरिन् ।

कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले पनि मन्तव्य व्यक्त गरेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा गोल्ड प्लेटेड ट्रफीसहित विभिन्न पुरस्कार राखिएको छ । एपमार्फत रजिस्ट्रेसन गरी अडिसनमा सहभागी हुन सकिनेछ भने विजेताले नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर र विभिन्न अवार्ड प्राप्त गर्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit