Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

केराको न्यूनतम समर्थन मूल्य तोक्न केरा उत्पादक महासंघको माग

केराको न्यूनतम समर्थन मूल्य तोक्न केरा उत्पादक महासंघको माग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल केरा उत्पादक महासंघले केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजनागरी महासंघले कृषि बीमा प्रणालीलाई सरल छिटो र प्रभावकारी वनाउने –गुणस्तरिय टिसुकल्चर विरुवाको व्यवस्था गर्ने पनि माग गरको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अनुसार अहिले बजारमा केराको खुद्रा मूल्य प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । एकातिर उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् भने अर्कोतिर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको जनाएको छ । किसानले बारीबाट स्थानीय जात (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँमा र हाइब्रिड जात (विलियम, जी–नाइन) ५० देखि ६० रुपैयाँमा बिक्री गरिरहेको भए पनि उपभोक्ताले यही केरा ३५० देखि ४०० रुपैयाँसम्ममा किन्नुपरेको महासंघको भनाइ छ । यसले बजारमा बिचौलियाको अत्यधिक हस्तक्षेप रहेको स्पष्ट देखाएको महासंघको भनाई छ ।
महासंघले नेपालको सन्दर्भमा केरा केवल फलफूल मात्र नभई आत्मनिर्भर कृषिको आधार भएको उल्लेख गर्दै अधिकांश फलफूल आयातित भए पनि केरा यस्तो बाली भएको बताएको छ, जसमा नेपाल आत्मनिर्भर बन्न सक्ने बलियो सम्भावना रहेको छ ।

यसबीच, फ्युजारियम विल्टको खतरनाक भेरियन्ट ट्रपिकल रेस–४ को जोखिम अत्यन्त गम्भीर रहेको महासंघले जनाएको छ । चोरी पैठारीमार्फत विदेशी केरा भित्रिनु राष्ट्रिय जैविक सुरक्षामाथि सीधा खतरा भएको र यसले भविष्यमा नेपालको केरा खेती नै नष्ट हुन सक्ने जोखिम रहेको महासंघको भनाई छ । महासंघले जैविक सुरक्षा अपनाउँदै केराको आयातमा नियन्त्रण गर्ने सरकारको कदमलाई सराहनीय र प्रशंसनीय भन्दै यसले देशको कृषि प्रणाली, किसानको भविष्य र दीर्घकालीन आत्मनिर्भरताको संरक्षणमा महत्वपूर्ण आधार तयार गरेको जनाएको छ ।

महासंघका अनुसार अहिलेको २–३ महिना (बैशाख–असार) संक्रमणकालीन अवस्था मात्र हो । उत्पादन केही कम हुँदा बजारमा असन्तुलन देखिएको भए पनि त्यसपछि नेपाली किसानहरू पर्याप्त मात्रामा उत्पादन गरेर बजार आपूर्ति गर्न सक्षम हुनेछन् । देशभर ४० देखि ५० लाख बिरुवा विस्तार भइरहेको उल्लेख गर्दै महासंघले किसानहरू उत्पादन बढाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ । राज्यले सही नीति, निरन्तर संरक्षण र प्रभावकारी बजार व्यवस्थापन सुनिश्चित गरे नेपाल १–२ वर्षभित्रै केरामा पूर्ण आत्मनिर्भर बन्न सक्ने विश्वास महासंघले व्यक्त गरेको छ । महासंघले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने स्पष्ट गर्दै आफ्नै किसानलाई साथ दिनुपर्नेमा जोड दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit