Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
विज्ञापन
Advertisement

जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

चालु आवको नौ महिनामा चार अर्ब ३३ करोड ८२ लाख ७७ रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब ९७ करोड ६७ लाख रुपैयाँ सङ्कलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।

हालसम्म आयकरवापत एक अर्ब १४ करोड ९४ लाख रुपैयाँ बहालकरवापत तीन करोड १८ लाख ९९ हजार , व्याजकरवापत ६ करोड १७ लाख ८५ हजार, मुल्य अभिवृद्धिकरवापत ८१ करोड ९४ लाख २० हजार, अन्तःशुल्कवापत एक अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवाकरवापत तीन लाख १० हजार, शिक्षाकरवापत एक हजार तथा अन्य वापत दुई करोड ५२ लाख ६६ हजार गरी कुल तीन अर्ब ९७ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय गुप्ताले जानकारी दिए ।

यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’लाई कारबाही प्रक्रिया बढाएइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले चार करोड ३० लाख दाखिला गरेका बताए । आन्तरिक राजस्व कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit